रामेछापमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा रामेछापको मन्थलीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर २८ गते सम्पन्न भएको छ।

संघले चालु आर्थिक वर्षदेखि लागू हुने गरी सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत रामेछाप र सिन्धुलीका संस्थाहरूलाई लक्षित गरी  मंसिर २८ गते कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुई जिल्लाका १६ वटा साकोसका सञ्चालक तथा कर्मचारी गरी २७ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका अनुगमन अधिकृत सुमनराज घिमिरेले सञ्चालन गर्नुभएको कार्यशालाको औपचारिक सत्रलाई यसपटक निकै सरलीकृत गरिएको थियो । खादा, माला र परम्परागत आसन ग्रहण जस्ता औपचारिकता हटाउँदै राष्ट्रिय गान र साकोस गानबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यशालामा अनुगमन अधिकृत घिमिरेले ‘स्क्यान’ कार्यक्रमअन्तर्गत कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन र बजार जोखिमका विविध पक्षमा सूचकाङ्कका आधारमा प्रशिक्षण तथा छलफल गराउनुभएको थियो। साथै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता प्रक्रियाबारे पनि प्रस्तुतीकरण गरिएको थियो । कार्यशालाको समापन सत्रमा जुनेली साकोस, रामेछापबजार, रामेछापका प्रतिनिधि डी.वी कार्कीले कार्यक्रम प्रभावकारी रहेको र कानुनी परिमार्जनका विषयमा स्पष्टता मिलेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै, मन्थली साकोसका अध्यक्ष एवं नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका निवर्तमान सदस्य गोविन्द प्रसाद घिमिरेले नेफ्स्कूनको जोखिम सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चितता कार्यक्रमकै कारण रामेछाप र सिन्धुलीका सहकारीहरूमा समस्या नआएको बताउनुभयो । कार्यक्रममा उपसमितिका निवर्तमान सदस्य सोमेश थापाको पनि उपस्थिति रहेको थियो ।
 
भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप