रामेछापमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापमा ‘साकोस जोखिम व्यवस्थापन ३६०’ कार्यशाला सम्पन्न

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा रामेछापको मन्थलीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर २८ गते सम्पन्न भएको छ।

संघले चालु आर्थिक वर्षदेखि लागू हुने गरी सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत रामेछाप र सिन्धुलीका संस्थाहरूलाई लक्षित गरी  मंसिर २८ गते कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुई जिल्लाका १६ वटा साकोसका सञ्चालक तथा कर्मचारी गरी २७ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका अनुगमन अधिकृत सुमनराज घिमिरेले सञ्चालन गर्नुभएको कार्यशालाको औपचारिक सत्रलाई यसपटक निकै सरलीकृत गरिएको थियो । खादा, माला र परम्परागत आसन ग्रहण जस्ता औपचारिकता हटाउँदै राष्ट्रिय गान र साकोस गानबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यशालामा अनुगमन अधिकृत घिमिरेले ‘स्क्यान’ कार्यक्रमअन्तर्गत कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन र बजार जोखिमका विविध पक्षमा सूचकाङ्कका आधारमा प्रशिक्षण तथा छलफल गराउनुभएको थियो। साथै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता प्रक्रियाबारे पनि प्रस्तुतीकरण गरिएको थियो । कार्यशालाको समापन सत्रमा जुनेली साकोस, रामेछापबजार, रामेछापका प्रतिनिधि डी.वी कार्कीले कार्यक्रम प्रभावकारी रहेको र कानुनी परिमार्जनका विषयमा स्पष्टता मिलेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै, मन्थली साकोसका अध्यक्ष एवं नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका निवर्तमान सदस्य गोविन्द प्रसाद घिमिरेले नेफ्स्कूनको जोखिम सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चितता कार्यक्रमकै कारण रामेछाप र सिन्धुलीका सहकारीहरूमा समस्या नआएको बताउनुभयो । कार्यक्रममा उपसमितिका निवर्तमान सदस्य सोमेश थापाको पनि उपस्थिति रहेको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप