सिन्धुली र रामेछापका १३ साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुली र रामेछापका १३ साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । सिन्धुली र रामेछाप जिल्लाबाट १३ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानमा मंसिर २८ गते आबद्ध भएका छन । 

कार्यक्रममा आबद्ध हुने सहकारी संस्थाहरुमा रामेछाप जिल्लाबाट बेताली साकोस, बुद्ध साकोस, भुतपुर्व सैनिक साकोस, जनसहयोगी साकोस, जनएकता साकोस, जनहितकोष साकोस, किस्मत साकोस, मन्थली साकोस, नवजागरण साकोस, सहारा साकोस, शुभेच्छा साकोस र समावेशी साकोस गरी १२ साकोस र सिन्धुली जिल्लाबाट सिन्धु साकोस गरी १३ बचत तथा ऋण साकोस आबद्ध रहेका छन । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र नेफ्स्कून मन्थली सदस्य सेवा कार्याल प्रमुख सुर्य बहादुर थापा र साकोसका व्यवस्थापक तथा अन्य व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रमका वीच स्क्यान कार्यान्वयनका लागि औपचारिक सम्झौता गरेका छन् ।

नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान ले बचत तथा ऋण सहकारी संस्थाहरूलाई सुरक्षित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्दछ। यस कार्यक्रममार्फत सहकारी संस्थाको वित्तीय अवस्था, जोखिमको स्तर, आन्तरिक नियन्त्रण प्रणाली तथा सेवा प्रवाहको गुणस्तरको नियमित मूल्यांकन हुने भएकाले संस्थागत सुशासन सुदृढ हुन्छ।

स्क्यान कार्यक्रमले सहकारी क्षेत्रमा देखिन सक्ने वित्तीय जोखिम, कमजोर व्यवस्थापन, नीतिगत त्रुटि र अनियमिततालाई समयमै पहिचान गरी सुधारका उपायहरू अवलम्बन गर्न सहयोग पुर्‍याउँछ। साथै, स्वनियमनको संस्कृतिलाई संस्थागत गर्दै सहकारी ऐन, २०७४ तथा नियामक निकायका निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुर्‍याउँछ।

सम्झौता अनुसार सहकारी संस्थाहरूले नेफ्स्कूनद्वारा स्वीकृत प्रणाली अन्तर्गत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तर सुधारसम्बन्धी निरन्तर अनुगमन प्राप्त गर्नेछन्। स्क्यान कार्यक्रमले सहकारी संस्थाहरूले सुरक्षित, दिगो र पारदर्शी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरेका छ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप