समाजकल्याण साकोसको आधारभूत सहकारी सञ्चालन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समाजकल्याण साकोसको आधारभूत सहकारी सञ्चालन तालिम सम्पन्न

सुर्खेत । सुर्खेत जिल्ला स्थित विरेन्द्रनगर न.पा. २, स्थित समाजकल्याण साकोसको आधारभूत सहकारी सञ्चालन तालिम  मंसिर २६ गते संस्थाको सभाहलमा सम्पन्न भएको छ । 

संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र व्यवस्थापन सहित २५ जनाको सहभागीता रहेको १ दिने तालिम कार्यक्रमको औपचारिक समुद्घाटन संस्थाका अध्यक्ष बल बहादुर रोकायको अध्यक्षतामा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका प्रमुख मदन कुमार चन्दको प्रमुख आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि चन्दले साकोसको संस्थागत सुदृढिकरणमा तालिम अपरिहार्य रहेको, साकोसहरू समुदाय केन्द्रीत संस्था भएकोले यसको सञ्चालन नीति, विधि र सहकारीको मूल्य मान्यता र सिद्धान्तहरूको पूर्ण पालना आवश्यक रहेको, तालिमले पदाधिकारी र कर्मचारीहरूको क्षमता विकास गर्दै संस्थालाई दिगो र विश्वासिलो संस्था बनाउन मद्दत गर्ने कुरामा जोड दिदैँ साकोस सञ्चालनमा सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनको महत्व उल्लेख गर्दै व्यवहारिक ज्ञान सहित तालिम आजको आवश्यकता रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार मक्क बहादुर बुढा क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव कृष्ण बहादुर बुढाले गर्नुभएको थियो भने तालिलमा सहजीकरण नेफ्स्कूनका व्यवसाय अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो । तालिम कार्यक्रममा सहकारीका मूल्य मान्यता सिद्धान्त, समिति, उपसमिति र कर्मचारीहरुको काम कर्तव्य अधिकार, सुशासन र कानुनी व्यवस्था र अनुपालन सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको समापनमा संस्थाका अध्यक्षले  तालिमले सहकारीको आधारभूत सिद्धान्त, सुशासन, वित्तीय अनुशासन, सदस्य सेवामुखी दृष्टिकोण, तथा दिगो साकोस सञ्चालनका महत्वपूर्ण पक्षहरूबारे ज्ञान र बुझाइलाई अझ सुदृढ बनाएको छ भन्ने विश्वास व्यक्त्त गर्दै यहाँ हासिल गरेको ज्ञान केवल कागजमा सीमित नराखी, व्यवहारमा उतार्न सक्यौं भने मात्र तालिमको सार्थकता पुष्टि हुने र तालिमका क्रममा सहजकर्ताले प्रस्तुत गर्नुभएको व्यवहारिक अनुभव, स्पष्ट प्रस्तुति र सहकारीको वर्तमान आवश्यकता अनुरूपका विषयवस्तुले हामी सबैलाई थप जिम्मेवार र सचेत बनाएको साथै सहकारी भनेको केवल वित्तीय कारोबार मात्र होइन,  सदस्यहरूको विश्वास, पारदर्शिता, जवाफदेहिता र सामूहिक प्रयासमा आधारित संस्था भएकोले आज सिकेका ज्ञान, सीप र दृष्टिकोणलाई आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा इमान्दारितापूर्वक लागू गर्दै संस्थालाई अझ सशक्त, सक्षम र दिगो बनाउने प्रतिबद्धता आजकै दिनबाट लिनु जरुरी रहेको कुरामा जोड दिनु भयो । 
 
भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२० घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२३ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप