जुनेली साकोसको ‘स्क्यान’ अन्तर्गत सुपरिवेक्षण सम्पन्नः सुशासन, जोखिम न्यूनीकरण र दिगोपनामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जुनेली साकोसको ‘स्क्यान’ अन्तर्गत सुपरिवेक्षण सम्पन्नः सुशासन, जोखिम न्यूनीकरण र दिगोपनामा जोड

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको सुशासन सुदृढीकरण, जोखिम न्यूनीकरण तथा दिगो विकासलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको ‘स्क्यान’ कार्यक्रमअन्तर्गत जुनेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

रामेछाप जिल्ला, रामेछाप नगरपालिका–८, रामेछाप बजार स्थित संस्थामा मंसिर २९ गते नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण गरिएको हो। स्क्यान कार्यक्रममा आबद्ध संस्थाको स्तरीकरण र संस्थागत सुदृढीकरणका लागि यो सुपरिवेक्षण गरिएको नेफ्स्कूनले जनाएको छ।

सुपरिवेक्षणका क्रममा संस्थाको समग्र आर्थिक अवस्था, सेवा–सुविधाको प्रभावकारिता, ऋण व्यवस्थापन, सम्पत्ति–दायित्व व्यवस्थापन, नेफ्स्कून सदस्य सूचना प्रणालीमा विवरण अद्यावधिक, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा प्रतिवेदनसम्बन्धी पक्षहरूको सूक्ष्म रूपमा मूल्याङ्कन गरिएको थियो। साथै, संस्थागत सुधार योजना निर्माण र त्यसको कार्यान्वयन प्रतिबद्धता माथि पनि छलफल गरिएको छ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति तथा व्यवस्थापन टोलीसँग सहजीकरण गर्दै आवश्यक सुझाव र मार्गदर्शन प्रदान गर्नुभएको थियो। छलफलको निष्कर्ष स्वरूप संस्थाले तयार गरेको सुधार योजना चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

नेफ्स्कूनको स्क्यान कार्यक्रमले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र जोखिम सचेत बनाउँदै वित्तीय अनुशासन तथा सदस्य–केन्द्रित सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप