पोखरा स्थित सर्वहित, क्षत्रशक्ति र रिठेपानि साकोस स्क्यानमा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा स्थित सर्वहित, क्षत्रशक्ति र रिठेपानि साकोस स्क्यानमा आबद्ध

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँग सर्वहित बचत तथा ऋण सहकारी संस्था लि, क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्था लि. र रिठेपानि बचत तथा ऋण सहकारी संस्था लि. मंसिर २९ गते नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा आबद्ध भएका छन् ।

सहकारी ऐन, २०७४ को दफा ९९ मा व्यवस्था भएबमोजिम संघद्वारा सुरु गरिएको यस कार्यक्रमले संघका सबै सदस्य संघ–संस्थाहरूलाई अनुगमन तथा निरीक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

स्क्यान नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम हो । यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसे र कनिष्ठ सहायक सुसिल सापकोटाको रोहबरमा प्रथम पक्ष नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का र दोस्रो पक्ष सर्वहित साकोसका तर्फबाट उपाध्यक्ष बसन्त सुबेदी, क्षत्रशक्ति साकोसको तर्फबाट संस्थाको अध्यक्ष सप्त बहादुर जि.सी र रिठेपानी साकोसको तर्फबाट संस्थाको अध्यक्ष कुश प्रसाद गुरुङ्गको हस्ताक्षर समेतको उपस्थितिमा नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्झौता सम्पन्न भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप