राष्ट्रिय सहकारी  नियमन प्राधिकरणबाट दर्ता इजाजतपत्र पाउने बर्दिया जिल्लाकै पहिलो साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी  नियमन प्राधिकरणबाट दर्ता इजाजतपत्र पाउने बर्दिया जिल्लाकै पहिलो साकोस

बर्दिया ।  हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पुष ३ गते प्राप्त गरेको छ । बर्दिया जिल्लाबाट प्राधिकरणमा दर्ता गर्ने जिल्लाकै पहिलो साकोस हाम्रो मध्यवर्ती साकोस बनेको हो । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया मंसिर १० गतेदेखि सुरु गरेको थियो ।  सफ्टवेयर निमार्ण र परिक्षण सम्पन्न भएसँगै प्राधिकरणले एक कार्यक्रमको बीच सफ्टवेयर सार्वजनिक गरी सहकारीहरुलाई अनिवार्य दर्ता र अभिलेखीकरणका लागि सुचना आव्हान गरेको थियो । 

२०६३ जेष्ठ १५ गते स्थापना भएको हाम्रो बर्दिया साकोस जिल्ला भर कार्यक्षेत्र बनाई संचालनमा रहेको छ ।  १६४९१ जना शेयर सदस्य, रु ७,७४,४६,७००।०० शेयर पूँजि , रु ४८७१०६४५१।०१ बचत सहित कुल कारोबार रु ६३०९८५८२७।३३ रहेको छ । प्राधिकरणबाट इजाजतपत्र पाउने बर्दिया जिल्लाकै पहिलो साकोस बनेको छ  । सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड अनुसार जारी भएको यस इजाजतपत्रले संस्थालाई बचत तथा ऋणको मुख्य कारोबार गर्न अधिकार दिन्छ। प्राधिकरणका निर्देशक मुकेश कर्णका अनुसार, उक्त इजाजतपत्रले सहकारी संस्थालाई कानूनी रुपमा दर्ता भई कारोबार गर्ने औपचारिक स्वीकृति दिएको हो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप