साकोस शिखर गोष्ठी २०२५ सम्पन्न, सात बुँदे प्रतिवद्धता जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस शिखर गोष्ठी २०२५ सम्पन्न, सात बुँदे प्रतिवद्धता जारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले “सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सात बुँदे प्रतिवद्धता जारी गर्दै ‘साकोस शिखर गोष्ठी २०२५’ सम्पन्न गरेको छ।

गोष्ठीमा सहभागीहरूले नियामक निकाय र सहकारी अभियानले तय गरेका मापदण्ड अनुसार आन्तरिक अनुगमन र नियमनलाई प्रभावकारी बनाउँदै संस्थालाई सही मार्गमा डोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अभियान र सरकारको सहकार्यमा दीगो तथा सुरक्षित सहकारी संस्था निर्माणका लागि वित्तीय कारोबार गर्ने सहकारीहरूका लागि विशेष ऐन आवश्यक रहेको माग समेत गरिएको छ।

अन्तर्राष्ट्रिय जगतमा भएका साकोसका असल अभ्यासहरू र राष्ट्रिय परिवेशमा उत्तम अभ्यासहरूको आन्तरिकिकरणको लागि स्वदेशी तथा विदेशी विषय विज्ञहरू मार्फत क्षमता अभिवृद्धि गर्ने प्रयासको निरन्तरतामा साकोस क्षेत्रका अनुभव आदान प्रदानका साथै नयाँ अभ्यासहरूको जानकारी आदान प्रदान गर्न गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । परिवर्तित कानुनी व्यवस्थालाई अनुकुलीत भई नेपालको साकोस अभियानलाई प्रभावकारी एवम मजवुत र  आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरूस्त राख्न, समान वुझाई र असल अभ्यास लाई निरन्तरता दिने सोचका साथ यो राष्ट्रिय गोष्ठी सञ्चालन भएको हो । 

ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा पौष ३ र ४ गते सम्पन्न गोष्ठीमा देशका ५१ जिल्लाबाट ८०० भन्दा बढी बचत तथा ऋण सहकारी संघ–संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।

साकोस शिखर गोष्ठी २०२५ का सात बुँदे प्रतिवद्धताहरु निम्न छनः
१.  कानुनी अनुकूलन र विशेष ऐनको माग
विद्यमान कानुनी वातावरणमा आएका परिमार्जनलाई आत्मसाथ गर्दै आन्तरिक कार्यढाँचा सुधार गर्ने तथा वित्तीय कारोबार गर्ने सहकारीका लागि विशेष ऐन ल्याउन अभियान र सरकारसँग सहकार्य गर्ने।

२. सम्पत्ति शुद्धिकरण निवारण ऐनको कार्यान्वयन
बचत तथा ऋण सहकारी सञ्चालनसँग सम्बन्धित विद्यमान कानुनहरूको पालना गर्दै सम्पत्ति शुद्धिकरण निवारण ऐनको प्रभावकारी कार्यान्वयनमा सरकारलाई निरन्तर सहयोग गर्ने।

३. मूल्यमा आधारित नेतृत्व विकास
सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सिकाइ मार्फत मूल्यमा आधारित नेतृत्व निर्माण गर्ने।

४. जोखिम व्यवस्थापन सुदृढीकरण
स्वनियमनमा आधारित नियमित सघन सुपरिवेक्षण कार्यढाँचा (स्क्यान) र स्थिरीकरण कोषमा आवद्ध भई संस्थागत जोखिम न्यूनिकरण गर्ने।

५. स्रोतको सन्तुलित परिचालन
बजार सृजना, वित्तीय साक्षरता, सहकारी शिक्षा, उद्यमशीलता विकास र प्राविधिक शिक्षामा जोड दिँदै स्रोतको उचित उपयोग गर्ने।

६. सुशासन र प्रविधिमैत्री सञ्चालन
अभियानले निर्दिष्ट गरेका नीति, विधि, पद्धति तथा एकीकृत प्रविधि अवलम्बन गरी चुस्त, दुरुस्त र स्तरीय संस्था सञ्चालन गर्ने।

७. दीगो र प्रतिस्पर्धी अभियान निर्माण
केन्द्रीय तरलता बचत तथा विशिष्टीकृत बचत कारोबारको अन्तर्राष्ट्रिय अभ्यासअनुसार स्रोत परिचालन गर्दै अभियानको वित्तीय सन्तुलन कायम गर्ने।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप