हाम्रो सुनौलो साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो सुनौलो साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । काठमाडौ महानगरपालिका ०९ स्थित हाम्रो सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) -Supervisory Checks and analysis for Navigation (SCAN) कार्यक्रममा आवद्ध भएको छ ।

यस अघि नेफ्स्कूनद्धारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम(कर्वस)मा सहभागी रहेको यस हाम्रो सुनौलो साकोसले नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यान तथा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा आवद्ध भइ संस्थागत सुशासन, नियामकीय अनुपालना र सदस्य सन्तुष्टि सहितको मजबुत संस्था बनाउने लक्ष्य सहित संस्था स्क्यान कार्यक्रममा पौष ७ गते आबद्ध भएको हो ।

सहकारी ऐन, २०७४ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौतामा संस्थाले सहकारीको जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि र संस्थागत पृष्ठपोषणलाई प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौता पछिको कार्यान्वयन मार्फत यस साकोसले अब नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली अन्तर्गत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा निरन्तर अनुगमन प्राप्त गर्नेछ । 

सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३, सहकारी विभाग,राष्ट्रिय सहकारी प्राधिकरण र नियामक निकायहरूबाट जारी गरिएका निर्देशन, सहकारीका सात सिद्धान्त तथा बचत–ऋण सहकारीका चार आधार सिद्धान्तमा आधारित रही दुवै संस्थाका विनियम एवं नीति–कार्यक्रम अनुसार कार्यान्वयन हुने सहमति गरिएको छ । दुवै पक्षले सहकारी मर्म अनुसार स्वनियमनको संस्कृतिलाई संस्थागत बनाउँदै सुरक्षित, दिगो तथा प्रतिस्पर्धी साकोस निर्माणतर्फ संयुक्त रूपमा अघि बढ्ने उल्लेख गरेका छन् ।

सम्झौता हस्ताक्षरसँगै हाम्रो सुनौलो साकोसले आफ्नो संस्थागत क्षमता, गुणस्तरीय सेवा, जोखिम न्यूनिकरण, पारदर्शिता र उत्तरदायित्वलाई  कायम गर्दै व्यवसायिकता विकास गर्ने अवसर प्राप्त गरेको छ । नेफ्स्कूनले सदस्य संस्थाहरूको वित्तीय सुरक्षण प्रत्याभूति र साकोसहरुको गुणस्तर विकास तर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका  कार्यक्रम अधिकृत सोविता मैनाली तथा हाम्रो सुनौलो साकोसका व्यवस्थापक सुमित्रा राइको रोहवरमा नेफ्स्कूनका तर्फबाट सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल तथा संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष प्रसाद अधिकारीको हस्ताक्षरमा औपचारिक रुपमा सम्झौता सम्पन्न भएको हो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप