मंगलपुर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मंगलपुर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. भतरपुर १६ चितवन को नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत पुष ९ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको हो।

सुपरिवेक्षणका क्रममा सहकारी संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधिको पालना अवस्था, पूँजी संरचना, ऋण तथा बचत व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक नियन्त्रण व्यवस्था, लेखा तथा अभिलेख प्रणाली, व्यवस्थापन सूचना प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण (AML/CFT) सम्बन्धी नीति तथा भाखा नाघेका ऋण असुली प्रक्रिया लगायतका पक्षहरू गहन रूपमा मूल्यांकन गरिएको थियो। त्यसैगरी सेवा प्रवाहको प्रभावकारिता, लगानी अभ्यास, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियामा अपनाइएका अभ्यासहरूको समेत समग्र समीक्षा गरिएको थियो। स्क्यान  सूचकहरूमा आधारित विश्लेषणमार्फत सहकारीको समग्र अवस्था पहिचान गर्दै वित्तीय जोखिम न्यूनीकरण र आन्तरिक सुधारका लागि व्यवहारिक सुझावहरू प्रदान गरिएको थियो।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले सम्पन्न गर्नुभएको स्थलगत सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप