मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा मकवानपुरको जनछहारी स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्था लि. बकैया गाउपालिका ०७, पुष ०९ गते स्क्यान कार्यक्रममा आबद्ध भएको छ ।
सहकारी ऐन, २०७४ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। स्क्यान कार्यक्रम अन्तर्गत अब ती सहकारीहरूले नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली मार्फत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा आधारित निरन्तर अनुगमन प्राप्त गर्नेछन्।
यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।
जनछहारी स्वाबलम्वन साकोसको अध्यक्ष रिता महत, ब्यवस्थापक हिरा देबी घलान, त्यसै गरी नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष बाट अध्यक्ष रिता महतको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
३५ दिन अगाडि
८ दिन अगाडि
२४ दिन अगाडि
२६ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि
४० दिन अगाडि