सुनसरीको श्री जनकल्याण साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीको श्री जनकल्याण साकोस स्क्यान कार्यक्रममा आबद्ध

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन स्क्यान कार्यक्रममा पौष १० गते सुनसरीको समुदायमा आधारित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. स्क्यान कार्यक्रममा आबद्ध भएको छ । 

सहकारी ऐन, २०७४ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। स्क्यान कार्यक्रम अन्तर्गत अब ती सहकारीहरूले नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली मार्फत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा आधारित निरन्तर अनुगमन प्राप्त गर्नेछन्।

यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

श्री जनकल्याण साकोसको अध्यक्ष भुप नारायण भगत थारु ,उपाध्यक्ष प्रमेश्वर गच्छदार, सचिव अवध नारायण चौधरी, संचालक सदस्यहरु र ब्यवस्थापक मनोज कुमार सुतिहार, त्यसै गरी नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल को रोहबरमा प्रथम पक्ष संघको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष बाट साकोसका अध्यक्ष भुप नारायण भगत थारु को हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप