सहकारीको नियमन र जोखिम व्यवस्थापन मजबुत बनाउन नेफ्स्कूनको स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको नियमन र जोखिम व्यवस्थापन मजबुत बनाउन नेफ्स्कूनको स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा सहकारी संस्थाहरूको सुशासन, नियमन र जोखिम व्यवस्थापन सुदृढ गर्न लक्षित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) अभिमुखिकरण कार्यक्रम काठमाडौंको नयाँ बानेश्वर स्थित नेफ्स्कूनको केन्द्रीय कार्यालयमा पौष ११ गते सम्पन्न भएको छ ।

सहकारी ऐन २०७४ को दफा २५, ९९ र १०३ अनुसार सहकारी संस्थाहरूमा नियमित निरीक्षण तथा अनुगमन गर्नु पर्ने कानुनी व्यवस्थालाई व्यवहारमा उतार्ने उद्देश्यले सुरु गरिएको स्क्यान कार्यक्रम नेफ्स्कूनको ३८औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले स्क्यान कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै सबै कार्यक्रमहरूको मूल उद्देश्य सहकारी संस्थाहरूको आन्तरिक सुधार र जोखिम न्यूनिकरण हो, स्क्यान कार्यक्रम अन्तर्गत जोखिम मूल्यांकन, व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा एक्सेस, प्रोबेसन र कब्र्स स्तरीकरण मापदण्ड अपनाइएको उल्लेख गर्नुभयो । नेफस्कूनले आफ्ना सदस्य संघ संस्थाहरूको कमजोरी पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्न यो कार्यक्रम एक महत्वपूर्ण उपकरणको रूपमा प्रयोग हुने  स्क्यानमार्फत स्वनियमन, सक्षमता अभिवृद्धि, व्यवस्थापकीय दक्षता विकास र दीगो सहकारी प्रणाली निर्माणमा टेवा पुग्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य खेमराज सुवेदीले नेफ्स्कूनले हालै सञ्चालन गरेका स्कयान कार्यक्रममा आवद्धताको लागि आव्हान गर्दै नेफ्स्कूनका तर्फवाट सदस्य संस्थाहरुको सुशासन व्यवस्थापनमा सदैव नवीनतम अभ्यास र विधिहरु निर्माण तथा कार्यान्वयन गर्दै आएको बताउनु भएको थियो ।

कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक अर्याल र सोविता मैनालीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप