जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

सुर्खेत। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँग जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि।, वीरेन्द्रनगर–१, सुर्खेत नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा पुस १३ गते आबद्ध भएको छ।

बचत तथा ऋण सहकारी संस्थाहरूमा वित्तीय सुशासन कायम गर्ने, जोखिम व्यवस्थापन सुदृढ बनाउने तथा सेवा गुणस्तर सुनिश्चित गर्दै सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्यका साथ स्क्यान कार्यक्रम लागू गरिएको हो ।

सहकारी ऐन, २०७४ ले प्रदान गरेको कानुनी आधारअनुसार सम्पन्न सम्झौता मार्फत आबद्ध सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

स्क्यान कार्यक्रम अन्तर्गत अब जनकल्याण साकोसले नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली मार्फत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्कको मूल्याङ्कन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा आधारित निरन्तर अनुगमन प्राप्त गर्नेछ।

नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालयका इन्चार्ज मदनकुमार चन्द, जनकल्याण साकोसका व्यवस्थापक तिलकराज आचार्य तथा वरिष्ठ लेखा सहायक लक्ष्मी फौजाको रोहबरमा प्रथम पक्ष नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष जनकल्याण साकोसका तर्फबाट अध्यक्ष महेन्द्रप्रसाद शर्माले हस्ताक्षर गरी स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप