मोरगंको कनकलक्ष्मी साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरगंको कनकलक्ष्मी साकोस स्क्यान कार्यक्रममा आबद्ध

मोरगं । कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुनदरहरैंचा न.पा. ७ गछिया, मोरगं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा पौष १५ गते आबद्ध भएको छ ।

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । बिभिन्न समयमा नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

यो कार्यक्रमले बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, सम्पत्ति शुद्धिकरण कार्यान्वयन अधिकारीले सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिगं गर्ने कार्य, भाखा नाघेको ऋण असुलिमा प्रभावकारिता, जोखिम व्यवस्थापन, सक्षमता बिकास गर्न गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा साकोस संचालन सुनिश्चित गर्न, सहकारी मैत्रि ब्यवस्थापन सुनिश्चित गर्न, क्युरिमा ३६० अनुरुप क्षेत्रगत जोखिम न्युनिकरण गर्न र सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र ब्यवसाय सहायक रामहरि भट्राई र प्रथम पक्षको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसका सचिव अर्जुनकुमार खत्री तिम्सिना बाट हस्ताक्षरमा सम्झौता भएको र रहोबरमा अध्यक्ष नागेश पोखरेल, उपाध्यक्ष मातृकाप्रसाद ढकाल, कोषाध्यक्ष हिरण्य कालाखेती र ब्यवस्थापक गोपाल देउजाको उपस्थिति रहेको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप