कालिका मा.वि. का विद्यार्थीहरुलाई अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कालिका मा.वि. का विद्यार्थीहरुलाई अफलातुन अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान

पोखरा । पोखरा रोयल साकोसको समन्वयमा पोखरा १०, रामबजारमा रहेको कालिका मा.वि.को कक्षा ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई पढ्दै कमाउँदै भन्ने व्यवहारिक शिक्षा प्रदान गरिएको छ । अफ्लातुन अन्तर्राष्ट्रिय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को संयुक्त साझेदारीमा बालबालिकाहरुमा उद्यमशील, सामाजिक तथा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

शिक्षाले सदैव समाजमा आर्थिक र सामाजिक विषयमा सुधार गर्दै बालबालिका र युवाको क्षितिजलाई फराकिलो बनाउँन सहयोग गर्छ । यस सन्दर्भमा नेफ्स्कूनले बालबालिकामा जीवनोपयोगी सिप, अधिकार, लैङ्गिकता, उद्यम र वचत तथा भविष्यको योजनाजस्ता विषयहरु समेटिएको अफ्लाटुनसँगको प्राविधिक सहयोगमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रमले विद्यालय शिक्षाको सान्दर्भिकता बढाउने मात्र नभई शिक्षाले समाज रुपान्तरणमा निर्वाह गर्ने भूमिकालाई प्रष्ट बनाउनेछ । यस शिक्षा मार्फत पढदै कमाउँदै भन्ने अभ्यासलाई उजागर गर्छ । यो सानो उमेर देखि स्वाबलम्बी र आत्मानिर्भर हुनुपर्छ भन्ने सिकाई र खेलमार्फत प्रदान गरिने शिक्षा हो । पोखरा रोयल साकोसको समन्वयमा पुस १३ गते आयोजित कार्यक्रमको सहजीकरण साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ र नेफ्स्कूनका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नुभएको थियो । 

कार्यक्रमको प्रथम चरणमा अफलातुन इन्टरनेशनलको युवा तथा बालबालिकाहरुमा सामाजिक तथा वित्तीय शिक्षा अन्तर्गत पढ्दै कमाउँदै भन्ने कार्यक्रमको अवधारणा सम्बन्धमा अन्तरक्रिया गरिएको थियो भने दोस्रो चरणमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी सिप, अधिकार, लैङ्गिकता, उद्यम र वचत तथा भविष्यको योजनाजस्ता विषयहरुको अवधारणात्मक ज्ञान प्रदान गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप