सुनसरीको किसान कल्याण साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीको किसान कल्याण साकोस स्क्यान कार्यक्रममा आबद्ध

सुनसरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि.ईटहरी १६ सुनसरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। नेफ्स्कूनको स्क्यान कार्यक्रममा पौष १५ गते आबद्ध भएको छ ।

यस साकोस २०६८ सालदेखि निरन्तररुपमा एक्सेस कार्यक्रममा अभ्यासरत रहेको र एक्सेस सिल्भर ब्रान्ड प्राप्त गरेको समुदायमा आधारित साकोसको मुख्य कार्यालय ईटहरी,बालग्राममा र चार वटा सेवाकेन्द्र रहेको छ । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । बिभिन्न समयमा नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

यो कार्यक्रमले बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, सम्पत्ति शुद्धिकरण कार्यान्वयन अधिकारीले सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिगं गर्ने कार्य, भाखा नाघेको ऋण असुलिमा प्रभावकारिता, जोखिम व्यवस्थापन, सक्षमता बिकास गर्न गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा साकोस संचालन सुनिश्चित गर्न, सहकारी मैत्रि ब्यवस्थापन सुनिश्चित गर्न, क्युरिमा ३६० अनुरुप क्षेत्रगत जोखिम न्युनिकरण गर्न र सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

साकोसका अध्यक्ष एवम् नेफ्स्कूनका संचालक सदस्य शालिकराम ढकालले संघले शुरु गरेको स्क्यान कार्यक्रमले साकोसको बिकासमा थप टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र ब्यवसाय सहायक रामहरि भट्राई र प्रथम पक्षको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेत बाट सम्झौता भएको र रहोबरमा अध्यक्ष शालिकराम ढकाल , उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ र ब्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप