माकर सनराइज साकोस नवलपरासी पश्चिमको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
माकर सनराइज साकोस नवलपरासी पश्चिमको स्थलगत सुपरिवेक्षण सम्पन्न

नवलपरासी । माकर सनराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट न.पा., ४ बर्दघाटको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) ले नियमित अनुगमन तथा निरिक्षणको स्थलगत सुपरिवेक्षण पौष १५ गते सम्पन्न गरेकोे छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो  । संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।

स्क्यान कार्यक्रम अन्तरर्गत रहेको माकर सनराइज साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा केन्द्रीत रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाव पेश गरिएको थियो ।

नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीद्धारा भएको सुपरिवेक्षणमा सुपरिवेक्षण पश्चात संस्थालाई सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव प्रदान गरी उक्त सुझावहरुमा कार्ययोजना तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता संस्थाले गरेको छ । सुपरिवेक्षण कार्यमा सहभागि संस्थाका अध्यक्ष सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापक सहित उच्च व्यवस्थापनको सहभागिता रहेको थियो

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप