दोलखामा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम पौष १६ गते सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य कृष्ण बहादुर गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेफ्स्कूनका पूर्व सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष जिवशराज खड्का रहनु भएको थियो ।  

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा संयोजक गोपालध्वज श्रेष्ठ, कोषाध्यक्ष परशुराम कार्की तथा दोलखा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरू माधव दहाल र राजन श्रेष्ठले आतिथ्यता गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपसमिति सदस्य माधव दहालले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुवेदीले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि जिवशराज खड्काले स्तरीकरण कार्यक्रमको महत्वबारे प्रकाश पार्दै हालको विषम परिस्थितिमा समेत दोलखा जिल्लामा सञ्चालित सहकारी संस्थाहरूमा गम्भीर समस्या नदेखिनुको मुख्य कारण संस्थाहरू स्तरीकरण कार्यक्रममा आबद्ध हुनु रहेको स्पष्ट पार्नुभयो । कुनै न कुनै स्तरीकरण कार्यक्रममा आबद्ध नभए सहकारी संस्थाहरू दीर्घकालसम्म सञ्चालन गर्न कठिन हुने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला स्थित केन्द्रीय संघ द्धारा संचालित स्तरिकरण कार्यक्रममा सहभागि नभएका १३ वटा सहकारी संस्थाबाट अध्यक्ष तथा व्यवस्थापक गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋण कारोबार सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया, स्क्यान कार्यक्रममा कसरी आबद्ध हुने, आबद्ध भएपछि संस्थालाई हुने फाइदा तथा स्क्यान कार्यक्रमका मुख्य उद्देश्यहरूबारे कार्यक्रम अधिकृत राजन सुवेदीले प्रस्तुतीकरण मार्फत स्पष्ट पार्नुभएको थियो । अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नुभएका  कृष्ण बहादुर गौतमले उपस्थित सम्पूर्ण अध्यक्ष तथा व्यवस्थापकहरूलाई धन्यवाद ज्ञापन गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप