निष्ठा साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निष्ठा साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै  स्थलगत सुपरिवेक्षण सम्पन्न

रुपन्देही — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा निष्ठा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सियारी गाउँपालिका–५, दुर्गापुर, रुपन्देहीसँग पौष १६ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत सम्झौता सम्पन्न हुनुका साथै स्थलगत सुपरिवेक्षण सम्पन्न गरिएको छ।

सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले नेफ्स्कूनले स्क्यान कार्यक्रम मार्फत स्थलगत अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाएको हो।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि बचत तथा ऋण व्यवस्थापन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामक निकायबाट प्राप्त निर्देशनको कार्यान्वयन, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपातलगायत समग्र आर्थिक अवस्था र सहकारीले सदस्यलाई उपलब्ध गराउँदै आएका सेवा सुविधाको विषयमा विस्तृत रूपमा मूल्यांकन गरिएको थियो।

स्क्यान कार्यक्रममा आवद्ध निष्ठा साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम तथा सञ्चालन र सुशासनसम्बन्धी जोखिमहरूमा केन्द्रित रही जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावहरू पेश गरिएको छ। नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारी र वरिष्ठ सहायक कल्पना भण्डारीद्वारा गरिएको स्थलगत सुपरिवेक्षण पश्चात संस्थालाई सुधार गर्नुपर्ने विषयहरूमा सुझाव प्रदान गरिएको थियो। ती सुझावहरूलाई कार्ययोजनामा रूपान्तरण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ। सुपरिवेक्षण कार्यमा संस्थाको सञ्चालक समिति तथा व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप