कैलालीमा कोअपरेटिभ म्यानेजर्स क्लबको पाँचौँ निर्वाचन तथा वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा कोअपरेटिभ म्यानेजर्स क्लबको पाँचौँ निर्वाचन तथा वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीको पाँचौँ निर्वाचन तथा वार्षिक साधारण सभा पौष १९ गते सम्पन्न भएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष लाल बहादुर भण्डारीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कैलालीका अध्यक्ष सुरेन्द्र बडुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा कैलाली जिल्लाभरका सहकारी व्यवस्थापक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष शेर बहादुर बोगटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने क्लबको आर्थिक प्रगति विवरण तथा प्रस्तावित कार्ययोजना उपाध्यक्ष रुद्र खनालले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको सञ्चालन क्लबका महासचिव अमर कुवरले गर्नुभएको थियो ।

साधारण सभाबाट लाल बहादुर भण्डारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसमिती निर्बिरोध निर्वाचित भएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन् 

पदाधिकारीहरू:
अध्यक्ष : लाल बहादुर भण्डारी
उपाध्यक्ष : शेर बहादुर बोगटी
उपाध्यक्ष: अमर कुवर
महासचिव : एकेन्द्र प्रसाद जैसी
सचिव : हृदय कुमार थापा
कोषाध्यक्ष : विष्णु प्रसाद उपाध्याय

सदस्यहरू
गौरी चौधरी
बसन्ती बोहरा
सम्पत चौधरी
बाबुराम पाण्डेय
बिरेन्द्र चौधरी
मिना देवी पौडेल
चन्द्रा चौधरी
दिपक बहादुर थापा
नवराज भट्ट
सुकदेव काप्ले

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप