नेफ्स्कूनका सञ्चालक सदस्य विर बहादुर रावत (भोटे) पदबाट निलम्बन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सञ्चालक सदस्य विर बहादुर रावत (भोटे) पदबाट निलम्बन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले संघका सञ्चालक सदस्य वीरबहादुर रावत (भोटे) लाई आजकै मिति पौष २० गते पदबाट निलम्बन गरेको छ।

संघको सुर्खेत सदस्य सेवा कार्यालयमा मिति २०८२ पौष १८ गते शुक्रबार संघका सञ्चालकले कार्यालयमा कार्यरत कर्मचारीमाथि अमर्यादित व्यवहार गरेको आरोप लागेपछि नेफ्स्कूनले उक्त घटनालाई गम्भीर रूपमा लिँदै कारबाही प्रक्रिया अघि बढाएको हो।

मिति २०८२ पौष २० गते बसेको संघको सञ्चालक समितिको बैठकले रावतको व्यवहार संघको प्रचलित ऐन, नियम, विनियम, सहकारी अभियानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आचारसंहिता र मर्यादाविपरीत देखिएको ठहर गर्दै उनलाई तत्काल लागू हुने गरी सञ्चालक सदस्य पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

घटनाको निष्पक्ष, वस्तुनिष्ठ र तथ्यपरक छानबिनका लागि सञ्चालक समिति र व्यवस्थापन समितिका तीन सदस्यीय छानबिन कार्यदल गठन गरिएको संघले जनाएको छ। कार्यदलले छानबिन प्रतिवेदन पेश गरेपछि थप निर्णय लिइने बताइएको छ।

बचत तथा ऋण सहकारी अभियानको संरक्षण, सुशासन प्रवर्द्धन तथा अभियानमा कार्यरत जनशक्तिको सुरक्षा, वृद्धि र विकासप्रति संघ प्रतिबद्ध रहेको स्पष्ट गरेको छ। साथै, संघका सेवा तथा गतिविधि अविच्छिन्न रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै अभियानको प्रभावकारिताका लागि सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप