अन्धकारमुक्ति साकोसद्वारा ७५ जना विद्यार्थीलाई स्कुल झोला वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्धकारमुक्ति साकोसद्वारा ७५ जना विद्यार्थीलाई स्कुल झोला वितरण

पाल्पा । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत तीन वटा विद्यालयमा स्कुल झोला वितरण कार्यक्रम पौष २० गते सम्पन्न गरेको छ ।

संस्थाले रामपुर नगरपालिका–९ स्थित जनशान्ति माध्यमिक विद्यालय अर्भसिं, भानुभक्त माध्यमिक विद्यालय जव्गादी तथा निस्दी गाउँपालिका–६ स्थित गोरखनाथ माध्यमिक विद्यालय अर्चलेमा कार्यक्रम आयोजना गरी जम्मा ७५ जना विद्यार्थीलाई स्कुल झोला वितरण गरेको हो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डिलबहादुर रानाले सहकारी संस्थाको यो कार्य अत्यन्तै सकारात्मक र उदाहरणीय रहेको बताउँदै साना सहयोगले भविष्यका ठूला सपना बोकेका विद्यार्थीहरूलाई पढाइमा अझ दृढ भएर अघि बढ्न हौसला र ऊर्जा मिल्ने धारणा व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेले सामुदायिक विकास कोषबाट जेहेन्दार तथा विपन्न विद्यार्थीहरूको शैक्षिक मनोबल उच्च बनाउने र उनीहरूलाई विद्यालयप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारी संस्था नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयको छ । साथै विद्यार्थीहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्दै बचत संस्कृतिको विकास र आर्थिक आत्मनिर्भरता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघ निस्दी–६ का अध्यक्ष यमबहादुर गैरे, जनशान्ति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण हितान, प्रधानाध्यापक ढकबहादुर सिंजाली, भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दबहादुर सारु तथा गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद अर्यालले शिक्षा क्षेत्रमा सहकारी संस्थाले देखाएको सक्रियता र योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

संस्थाका सचिव मधुसूदन आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेश आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे शिक्षा उपसमिति संयोजक चिरञ्जीवी सिग्देलले प्रकाश पार्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप