आरुघाटमा सहकारीकर्मीहरूका लागि कोपोमिस सफ्टवेयर तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आरुघाटमा सहकारीकर्मीहरूका लागि कोपोमिस सफ्टवेयर तालिम

गोरखा । आरुघाट गाउँपालिकाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा गाउँपालिका अन्तर्गतका सहकारीकर्मीहरूका लागि कोपोमिस सफ्टवेयर सम्बन्धी एकदिने तालिम पौष २० गते सम्पन्न भएको छ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सञ्चालन भएको तालिममा पालिकाको आर्थिक विकास समितिका संयोजक मुरारी खनाल तथा पालिका स्तरीय सहकारी संघका अध्यक्ष छन्दप्रसाद खनालको उपस्थिति रहेको थियो।

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) लाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा सहकारी संस्थाहरूले कोपोमिसमा प्रविष्ट गर्नुपर्ने समष्टिगत, मासिक तथा वार्षिक विवरण सम्बन्धी जानकारी प्रदान गरिएको आर्थिक विकास समितिका संयोजक मुरारी खनालले जानकारी दिनुभयो। उहाँले पालिका अन्तर्गत क्रियाशील सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो।

तालिमको समापन आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले गर्नुभएको थियो। समापन मन्तव्यका क्रममा सहकारीकर्मीहरूका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरू पालिकाले निरन्तर सञ्चालन गर्ने बताउँदै अब सबै सहकारी संस्थाले कोपोमिस प्रणालीमा आवश्यक तथ्याङ्क नियमित रूपमा प्रविष्ट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

तालिममा सहभागी सहकारीकर्मीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिँदै भविष्यमा पनि सहकारीसम्बन्धी थप तालिमहरूको अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रममा पालिकाभित्र क्रियाशील विभिन्न बचत तथा ऋण, कृषि तथा उपभोक्ता सहकारी संस्थाबाट १८ जनाको सहभागिता रहेको थियो। तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि सहायक डम्मर गोपालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन आरुघाट गाउँपालिका सहकारी शाखा प्रमुख महेश धितालले गर्नुभएको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप