भक्तपुरमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भक्तपुरको गठ्ठाघरमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला पुष २१ गते सम्पन्न भएको छ ।

संघले चालु आर्थिक वर्षदेखि लागू गरेको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत भक्तपुर जिल्लाका साकोसलाई लक्षित गरी उक्त कार्यशाला आयोजना गरेकोे हो । कार्यशालामा भक्तपुर जिल्लाका १८ वटा साकोसबाट १४ वटा साकोसका सञ्चालक तथा कर्मचारी गरी २८ जनाभन्दा बढीको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक समिति सदस्य मन्दरा मिश्रले गर्नुभएको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कून सदस्य सेवा विभागका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, अधिवक्ता प्रियहरि भण्डारी तथा अनुगमन अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो। कार्यशालामा अधिवक्ता प्रियहरि भण्डारीले कर्जा असुली न्यायाधिकरणसम्बन्धी कार्यविधि र कानुनी सवालहरूमा चर्चा गर्नुभयो। नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले बचत तथा ऋण सहकारी नियमन तथा अनुकूलन योजना, साथै नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) बारे जानकारी दिनुभयको थियो । 

त्यसैगरी अनुगमन अधिकृत सुमन राज घिमिरेले पूँजी पर्याप्तता, व्यवस्थापन रणनीति तथा वित्तीय सन्तुलन योजना (तरलता, कर्जा, सञ्चालन, सुशासन र बजार व्यवस्थापन) का विषयमा प्रस्तुति दिनुभएको थियो । नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरूको अगुवाइ गर्ने, नीतिगत बहस पैरवी गर्ने तथा नियामकीय मापदण्डको पालना गराउने केन्द्रीय संघ हो । वर्तमान अवस्थामा साकोस अभियानले सामना गरिरहेका विविध जटिलता समाधान गर्न संशोधित कानुन, संयन्त्र र मार्गदर्शनको पालना अपरिहार्य बन्दै गएको सन्दर्भमा, नेफ्स्कूनले विगतमा सञ्चालन गर्दै आएको स्तरिकरण कार्यक्रम ACCESS, PROBATION, CURBS लगाएतका स्तरिकरण कार्यक्रमको परिमार्जित नमुना कार्यक्रम नै SCAN कार्यक्रम हो जसलाई यस आ.व. देखि सुरुवात गरिएको छ । 

संघले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) लाई सबै साकोसमा अनिवार्य बनाउने उद्देश्यले आवश्यक नीति, कार्यक्रम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनको सुरुआत गरेको जनाएको छ । कार्यक्रमको व्यबस्थापन अनुगमन सहायक नमुना सापकोटा, राजिब आचार्य, राजेस सापकोटा र व्यवसाय सहायक प्रभाकर घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप