भक्तपुरमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भक्तपुरको गठ्ठाघरमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला पुष २१ गते सम्पन्न भएको छ ।

संघले चालु आर्थिक वर्षदेखि लागू गरेको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत भक्तपुर जिल्लाका साकोसलाई लक्षित गरी उक्त कार्यशाला आयोजना गरेकोे हो । कार्यशालामा भक्तपुर जिल्लाका १८ वटा साकोसबाट १४ वटा साकोसका सञ्चालक तथा कर्मचारी गरी २८ जनाभन्दा बढीको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक समिति सदस्य मन्दरा मिश्रले गर्नुभएको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कून सदस्य सेवा विभागका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, अधिवक्ता प्रियहरि भण्डारी तथा अनुगमन अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो। कार्यशालामा अधिवक्ता प्रियहरि भण्डारीले कर्जा असुली न्यायाधिकरणसम्बन्धी कार्यविधि र कानुनी सवालहरूमा चर्चा गर्नुभयो। नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले बचत तथा ऋण सहकारी नियमन तथा अनुकूलन योजना, साथै नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) बारे जानकारी दिनुभयको थियो । 

त्यसैगरी अनुगमन अधिकृत सुमन राज घिमिरेले पूँजी पर्याप्तता, व्यवस्थापन रणनीति तथा वित्तीय सन्तुलन योजना (तरलता, कर्जा, सञ्चालन, सुशासन र बजार व्यवस्थापन) का विषयमा प्रस्तुति दिनुभएको थियो । नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरूको अगुवाइ गर्ने, नीतिगत बहस पैरवी गर्ने तथा नियामकीय मापदण्डको पालना गराउने केन्द्रीय संघ हो । वर्तमान अवस्थामा साकोस अभियानले सामना गरिरहेका विविध जटिलता समाधान गर्न संशोधित कानुन, संयन्त्र र मार्गदर्शनको पालना अपरिहार्य बन्दै गएको सन्दर्भमा, नेफ्स्कूनले विगतमा सञ्चालन गर्दै आएको स्तरिकरण कार्यक्रम ACCESS, PROBATION, CURBS लगाएतका स्तरिकरण कार्यक्रमको परिमार्जित नमुना कार्यक्रम नै SCAN कार्यक्रम हो जसलाई यस आ.व. देखि सुरुवात गरिएको छ । 

संघले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) लाई सबै साकोसमा अनिवार्य बनाउने उद्देश्यले आवश्यक नीति, कार्यक्रम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनको सुरुआत गरेको जनाएको छ । कार्यक्रमको व्यबस्थापन अनुगमन सहायक नमुना सापकोटा, राजिब आचार्य, राजेस सापकोटा र व्यवसाय सहायक प्रभाकर घिमिरेले गर्नुभएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप