भक्तपुर । भक्तपुरको संखधर चोक स्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम ‘स्क्यान’ अन्तर्गत पौष २९ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ ।
पौष २८ र २९ गते भएको सुपरीवेक्षणमा सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिँदै आएको सन्दर्भमा स्थलगत सुपरीवेक्षणमा नेफ्स्कूनका तर्फवाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता नमुना सापकोटाको उपस्थिति रहेको थियो ।
संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाएको हो ।
स्थलगत सुपरीवेक्षणमा बालकुमारी साकोसको वित्तीय अवस्था, जोखिम व्यवस्थापन तथा कानूनी पालनाको अवस्थाबारे गहिरो अध्ययन गरेको हो । सुपरीवेक्षणका क्रममा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पक्षहरूमा केन्द्रित भई समीक्षा भएको थियो ।
सुपरीवेक्षणमा विशेष गरी डिजिटल सुशासन र पारदर्शिता अन्तर्गत कोपोमिस प्रणालीमा तथ्याङ्क प्रविष्टिको अवस्था तथा गोएमएल मार्फत सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता, सम्पत्ति तथा दायित्व व्यवस्थापन को वैज्ञानिक विश्लेषण मार्फत वित्तीय सन्तुलन, साथै सदस्य केन्द्रित सेवाअन्तर्गत साधारण सभाको गुणस्तर र कार्यालय व्यवस्थापनको आधुनिक स्वरूपबारे मूल्याङ्कन गरिएको थियो ।
सुपरीवेक्षणपछि आयोजित रणनीतिक छलफल कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सबल पक्षहरू र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे प्रस्तुति दिनुभयो । पहिचान गरिएका सुझावहरूलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।
बालकुमारी साकोसको सञ्चालक समिति र व्यवस्थापन टोलीले प्राप्त सुझावहरूलाई तत्काल ‘सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । सहकारीप्रति सदस्य तथा समुदायको विश्वास अभिवृद्धि गर्न बालकुमारी साकोसले स्वनियमन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस किसिमको पहलले समग्र सहकारी अभियानमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा साकोसले लिएको छ ।
१७ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१७ घण्टा अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
२४ दिन अगाडि