गौरीशंकर साकोसमा नेतृत्वका लागि The Leadership Bootcamp
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गौरीशंकर साकोसमा नेतृत्वका लागि The Leadership Bootcamp

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका २५ हेम्जा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाका नेतृत्वहरूलाई माघ ३ देखि ५ गते सम्म सञ्चालन भएको ३ दिवशीय The Leadership Bootcamp तालिम माघ ५ गते तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । 

संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र उच्च व्यवस्थापन गरी २९ जनाको सहभागीता रहेको तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । 

तालिमको उद्घाटन संस्थाका अध्यक्ष केशव शरण पौडेलको अध्यक्षतामा भएको थियो । उहाँले परिवर्तित विश्व अभ्यासमा सहकारी सञ्चालकहरूमा नेतृत्व रूपान्तरण अत्यन्त जरूरी रहेकोले यो तालिम सहभागीहरूलाई आधुनिक नेतृत्व क्षमताहरू विकास गर्न प्रेरित गर्न लक्षित गरिएको  बताउनु भएको थियो ।

तालिम हरेक नेताले अंगीकार गर्नुपर्ने आवश्यक परिवर्तनका विषयमा विभिन्न खेल तथा व्यवहारिक अभ्यासका माध्यमबाट सञ्चालन गरिएको थियो भने नेतृत्व रुपान्तरणको ११ वटा चरणहरूको साथै जीवनपद्दतीमा अनुसरण गर्नुपर्ने ७ अभ्यास र आचरणहरूको विषयहरू समेटिएको थियो ।

तालिम पश्चात् सहभागीहरूले नेतृत्वमा आवश्यक परिवर्तन र अनुकूलनको महत्वलाई एकदम सुक्ष्म रूपमा पहिचानका साथ अनुभूती भएको साथै केवल वर्तमानमा अड्किरहनुको सट्टा समयसँगै लचिलो सोच र अनुकुलन नेतृत्व अपनाएर अघि बढ्न, थप नवप्रवर्तन हुन, सहज क्षेत्रबाट बाहिर आउन, पुराना सोचहरूलाई प्रश्न गर्न र परिवर्तनलाई स्वागत गर्न उत्प्रेरित गरेको बताउनुभयो । संगठनात्मक तथा व्यक्त्तिगत विकासलाई सकारात्मक रूपमा वढावा दिदैँ नेतृत्व रूपान्तरण गर्न सक्ने क्षमता र इच्छाशक्ति प्राप्त भएको व्यवहारमा लागु गर्ने प्रतिवद्धता सहभागीहरूको रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप