नवलपरासि स्थित राधाकृष्ण साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासि स्थित राधाकृष्ण साकोस स्क्यान कार्यक्रममा आबद्ध

नवलपरासि । राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. मध्यविन्दु नगरपालिका १५, नवलपरासी  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानमा माघ ५ गते आबद्धता जनाएको छ । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ ले प्रदान गरेको कानुनी आधारअनुसार सम्पन्न सम्झौतामार्फत सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने व्यवस्था गरिएको छ।

स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तिय जोखिम ,कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रात्याभूती हुने आवद्धता संगै  संस्थाको नियमित निरिक्षण अनुगमन कार्य बाट संस्थाको उचाई वृद्धिहुने अपेक्षा साकोसको रहेको छ । 

सहकारी संस्थालाई थप व्यवस्थित बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिकाअनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गर्न नेफ्स्कूनले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन तथा आन्तरिक नियन्त्रण परीक्षणलाई स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवर्द्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यान्वयन अधिकारीद्वारा सम्बन्धित निकायमा तोकिए बमोजिम रिपोर्टिङ, भाखा नाघेका ऋण असुलीमा प्रभावकारिता वृद्धि, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य राखिएको छ। साथै गुणस्तर सुनिश्चितता कार्यक्रममार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचत सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ कार्यक्रम लागू गरिएको हो।

साकोसका सचिव तारा पा्रडेल, सदस्यहरु लिला देवी श्रेष्ठ,धनकान्ती कंडेल, मिना थापा, मंगली कुमाल  र व्यवस्थापक अनिता सारु कुमाल नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदी पौडेलको रोहबर तथा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल साकोसका अध्यक्ष ज्ञानु माया खड्काको हस्ताक्षरमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप