काभ्रेपलाञ्चोकमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेपलाञ्चोकमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

काभ्रे। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा काभ्रेको धुलिखेल स्थित धुलिखेल भिलेज रिर्सोटमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला माघ ११ गते सम्पन्न भएको छ ।

संघले चालु आर्थिक वर्षदेखि लागू गरेको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुपालचोक जिल्लाका साकोसलाई लक्षित गरी उक्त कार्यशाला आयोजना गरेको हो । कार्यशालामा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १७ वटा साकोसबाट सञ्चालक तथा कर्मचारी गरी ३२  जनाको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कून सदस्य सेवा विभागका विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल, अधिवक्ता शिव कुमार अधिकारी तथा कार्यक्रम अधिकृत राजन सुवेदीले गर्नुभएको थियो । कार्यशालामा अधिवक्ता शिव कुमार अधिकारीले कर्जा असुली न्यायाधिकरण सम्बन्धी कार्यविधि र कानुनी सवालहरूका साथै सुरक्षित ऋण लगानी प्रकृया तथा असुली सम्बन्धमा चर्चा गर्नुभयो । त्यसैगरी नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले बचत तथा ऋण सहकारी नियमन तथा अनुकूलन योजना, पूँजी पर्याप्तता, व्यवस्थापन रणनीति तथा वित्तीय सन्तुलन योजना (तरलता, कर्जा, सञ्चालन, सुशासन र बजार व्यवस्थापन) का विषयमा प्रस्तुति दिनुभएको थियो । नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरूको अगुवाइ गर्ने, नीतिगत बहस पैरवी गर्ने तथा नियामकीय मापदण्डको पालना गराउने केन्द्रीय संघ हो । वर्तमान अवस्थामा साकोस अभियानले सामना गरिरहेका विविध जटिलता समाधान गर्न संशोधित कानुन, संयन्त्र र मार्गदर्शनको पालना अपरिहार्य बन्दै गएको सन्दर्भमा, नेफ्स्कूनले विगतमा सञ्चालन गर्दै आएको स्तरिकरण कार्यक्रम ACCESS,PROBATION,CURBBS लगाएतका स्तरिकरण कार्यक्रमको परिमार्जित नमुना कार्यक्रम नै स्क्यान कार्यक्रम हो जसलाई यस आ.व. देखि सुरुवात गरिएको जानकारी दिनुभयको थियो । 

संघले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) लाई सबै साकोसमा अनिवार्य बनाउने उद्देश्यले आवश्यक नीति, कार्यक्रम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनको सुरुआत गरेको जनाएको छ । कार्यक्रमको संचालन बनेपा सदस्य सेवा कार्यालय प्रमुख उमेश कोइरालाले गर्नुभएको थियो भने व्यबस्थापन अनुगमन सहजकर्ता दिनेश सत्याल र लक्ष्मी प्रसाद मानन्धरले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप