नेफ्स्कूनद्वारा नेपाल सहकारी पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा नेपाल सहकारी पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा नेपाल सहकारी पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम नेफ्स्कूनको केन्द्रीय कार्यालयमा माघ १२ गते सम्पन्न भएको छ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ढकालले सहकारी क्षेत्रको प्रवर्द्धन, पारदर्शिता तथा सुशासन कायम गर्न सहकारी पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल, सक्रिय र परिणाममुखी कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । अध्यक्ष ढकालले सहकारी आन्दोलनलाई सुदृढ, विश्वसनीय र जनउत्तरदायी बनाउन पत्रकारिता क्षेत्रसँग नेफ्स्कून सधैं सहकार्य गर्न तयार रहेको बताउँदै सहकारीसम्बन्धी तथ्यपरक, जिम्मेवार र सकारात्मक समाचार प्रवाहले आम नागरिकको विश्वास अभिवृद्धि गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

नेपाल सहकारी पत्रकार समाजका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष अर्जुन खतिवडा उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव कुमार खड्का, सह–सचिवमा हिरा बस्नेत र कोषाध्यक्षमा प्रविन राउत सदस्य इश्वर ढुङ्गेल र श्रीराम दाहाल गरी  ७ सदस्यीय कार्यसमिति निर्विरोध  निर्वाचित भएको थियो भने नेपाल सहकारी पत्रकार समाजको १५औँ वार्षिक साधारण सभा माघ ११ गते आइतबार भएको थियो। 

नेफ्स्कूनका प्राचार्य बल्लभ तिमलसिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा सीजेएनका पूर्व अध्यक्ष डिल्ली सापकोटा र खिला दाहालका साथै नवनिर्वाचित कार्य समितिका सचिव माधव खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रविण राउत र सदस्य इश्वर ढुङ्गेलको उपस्थिति रहेको थियो भने नेफ्स्कूनका सञ्चालक सदस्यहरू खेमराज सुवेदी, मन्दरा मिश्र, नेफ्स्कूनका सञ्चालक सदस्य नवराज अर्याल तथा सिता ढकाल पौडेल संघका कार्यरत कर्मचारी तथा सहकारी पत्रकार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित नेपाल सहकारी पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिले सहकारी क्षेत्रको वास्तविक अवस्था उजागर गर्दै सचेतना अभिवृद्धि र उत्तरदायी पत्रकारिता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप