दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ माघ १३ गते मंगलबारदेखि सुरु भएको छ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा आयोजित सम्मेलनको उद्घाटन पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभयको थियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने महासंघका सञ्चालक तथा युवा उपसमितिका संयोजक सुमन नेपालले सम्मेलनको उद्देश्यबारे प्रकाश पार्नुभयो। कार्यक्रमको सञ्चालन महासंघका सञ्चालक टेकप्रसाद चौलागाईंले गर्नुभएको थियो।

सम्मेलनको पहिलो दिन ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। प्यानल छलफलका मोडरेटर संयुक्त राष्ट्रसंघीय आवासीय पूर्व संयोजक डा. विश्व पराजुली रहनुभएको थियो। प्यानलिस्टहरूमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं, फिनटेक एलायन्सका उपाध्यक्ष देवेन्द्र खड्का, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना तथा एग्री नेपालकी प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकी सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सहकारीका उत्पादनहरूको प्रवर्द्धनका लागि विक्री–वितरण स्टलहरू समेत राखिएका छन्। साथै, सफलताका कथाहरूको प्रस्तुति र विभिन्न विषयगत छलफलहरू पनि सम्मेलनमा समेटिएका छन्।

माघ १४ ग्त्े बुधबारसम्म सञ्चालन हुने सम्मेलनमा सातै प्रदेशका युवा सहकारीकर्मी, युवा उद्यमी, नेपाल सरकारका प्रतिनिधि तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप