अनुपालना अधिकारीको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनुपालना अधिकारीको क्षमता विकास तालिम सम्पन्न

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संघ लिमिटेडको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहजीकरणमा एक दिवसीय अनुपालना अधिकारीको क्षमता विकास तालिम रोयल थाई हस्पिटालिटी, राधेराधेमा माघ २३ गते सम्पन्न भएको छ । 

तालिम समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारीलाई जारी निर्देशनहरुको कार्यान्वयन तहसम्म पुग्न र पुऋयाउन सहकारी अभियान र नियामक निकाय मिलेर अघि बढ्नुको बिकल्प नभएको सहकारीले गरेका सकारात्मक परिवर्तनलाई संस्थागत गरी सहकारी योगदानको लेखाजोखामा कमजोरीका कारण सहकारीप्रति गलत सन्देश फैलिरहेको बताउनु भयो । सहकारी संस्थामा ऐन, कानून, विनियमको परिपालनालाई भन्दा पनि व्यवहारलाई प्राथमिकता दिदाँ समस्या बढेकोे बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरु राष्टि?य सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण समयमै गर्न र सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु प्रभावकारी ढंगबाट पालना गर्न समेत अनुरोध गर्नुभयको थियो ।

संघका सचिव कान्छा भक्त घजुले सहभागीहरुलाई धन्यवाद दिदैं सहकारी अभियानको दिगो विकासका लागि सहकारी मैत्री ऐन नियमको पारिपालना गर्नुपर्ने उहाँको भनाइ थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजूले कार्यान्वयन अधिकारीलाई कार्यान्वयन अधिकारीको मात्र कार्य विवरण नदिईकन समग्र सहकारीकै कार्यविवरण समेटिँदा कार्यान्वयन अधिकारीको कार्य ओझेलमा पर्न गएको उहाँको भनाई थियो । नेपाललाई ग्रे लिष्टबाट अपग्रेड गर्नको लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गर्दै आएको छ र त्यसको लागि हामीले पनि आफ्नो दायित्व पुरा गरी सहयोग गर्नुपर्ने विचार राख्नुभयो । उहाँले सहकारीमा अनुपालना अधिकारीले मात्र सम्पत्ति शुद्धिकरण निवारणकोबारेमा सुसूचित भएर पुग्दैन सहकारीका संचालक र सदस्यले पनि यस विषयमा तालिम लिनुपर्ने कुरा राख्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहजीकरण गर्नुभएको उक्त तालिममा संघमा आवद्ध संस्थाहरुमध्ये ४७ जना अनुपालक अधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा  उपसमितिका सदस्य प्रकाश बास्तोलाले सञ्चालन गर्नुभएको थियो । सदस्य संस्था जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अर्जुन कुमार बस्नेत र चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारी यमुना फुँयालले अनुपालक अधिकारीहरुको काम, कर्तव्य र अधिकारका साथै न्यब्m िको प्रयोगात्मक प्रशिक्षण समेत भएकोमा खुशी व्यक्त गर्नुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप