मोरगं । बेलबारी नगरपालिका–३ स्थित लालीगुरांस बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) बिच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रमको सम्झौता माघ २५ गते सम्पन्न भएको छ ।
सहकारी ऐन, २०७४ को दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्त तथा बचत तथा ऋण सहकारीका चार सिद्धान्तको प्रभावकारी अभ्यास, दुवै पक्षका विनियम, नीति तथा कार्यक्रम अनुसार सहकारी क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
सम्झौता मार्फत विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी वित्त क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । साथै सहकारी मर्म अनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य रहेको छ ।
स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रबर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउन कार्यक्रम लागू गरिएको हो ।
सम्झौता कार्यक्रममा साकोसको तर्फबाट सहासचिब राजेशजंग कार्की तथा व्यवस्थापक केशब रुपाखेती र नेफ्स्कूनको तर्फबाट सदस्य सेवा बिभागका विभागिय प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत मुकेश दाहालको सहभागिता रहेको थियो ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
११ दिन अगाडि
३ दिन अगाडि
२१ घण्टा अगाडि
१४ दिन अगाडि
११ दिन अगाडि