जोखिम व्यवस्थापन सहितको दिगो साकोस बनाउने अभियानमा ढल्केबर ,धनुषाको सिटी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम व्यवस्थापन सहितको दिगो साकोस बनाउने अभियानमा ढल्केबर ,धनुषाको सिटी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

धनुषा । सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मिथिला नगरपालिका –०६ धनुषा , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालनमा रहेको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा माघ २५  गते औपचारिक रूपमा आबद्ध भएको छ ।

नेफ्स्कूनले यसअघि एक्सेस, प्रोवेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कब्र्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसर पारेर स्क्यान कार्यक्रमको शुभारम्भ गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ तथा दफा ९९ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत सुदृढीकरणलाई प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नियमनकारी निकायहरूद्वारा जारी निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमहरूको अवस्थाको विश्लेषण गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यसहित कार्यक्रम लागू गरिएको हो ।

सम्झौतामा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र संस्थाका  ब्यबस्थापक जगत बहादुर बलम्पाकीले  हस्ताक्षर गर्नुभएको छ । साकोसका तर्फबाट अध्यक्ष तिर्थ प्रसाद सिंह साथै नेफ्स्कूनको तर्फबाट सहजकर्ता श्याम बुढाथोकी र रामानन्द प्रसाद यादको रोहवरमा स्क्यानको औपचारीक सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप