ऋण असुली सम्बन्धी कानूनी प्रक्रिया तालिम काठमाडौंमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली सम्बन्धी कानूनी प्रक्रिया तालिम काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा एक दिवसीय ऋण असुली सम्बन्धी कानूनी प्रक्रिया तालिम माघ २५ गते तिनकुने, काठमाडौंमा सम्पन्न भएको छ । 

५० भन्दा बेसिको सहभागिता रहेको तालिममा साकोसका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना भएको र  तालिममा ऋण नीति तथा प्रक्रिया, कानूनी व्यवस्था, ऋण लगानीका आधारभूत सिद्धान्त, ऋण जोखिम व्यवस्थापन, ऋण वर्गीकरण, पोर्टफोलियो व्यवस्थापन, ऋण सदुपयोगिता अनुगमन तथा धितो मूल्यांकनसम्बन्धी विषयहरूमा नेफ्स्कूनका कानूनी परामर्शकर्ता शिव अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।

वित्तीय अनुशासन कायम राख्न तथा संस्थामा बढ्दो खराब कर्जा न्यूनीकरण गर्न ऋण असुली प्रक्रिया महत्वपूर्ण रहेको छ । यस तालिमले सहभागीहरूलाई विद्यमान कानूनी व्यवस्था, प्रक्रिया र व्यवहारिक पक्षबारे स्पष्ट ज्ञान प्रदान गरी कानून सम्मत ढंगले ऋण असुली गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, अनावश्यक कानूनी विवाद घटाउन र संस्थागत जोखिम व्यवस्थापन सुदृढ गर्न तालिम उपयोगी हुने विश्वास लिइएको छ ।

यस तालिमको मुख्य उद्देश्य ऋण असुली सम्बन्धी कानूनी ज्ञान अभिवृद्धि गर्न सही प्रक्रिया अपनाएर ऋण असुली गर्ने क्षमता विकास गर्नु तथा धितो लिलामी र कानूनी कारबाहीलाई प्रभावकारी, पारदर्शी र न्यायसंगत बनाउनु रहेको छ । यस्ता तालिमहरू सञ्चालन हुँदै आएका छन र आगामी दिनमा पनि निरन्तर सञ्चालन भइरहने छन ।  जसले सहकारी तथा वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ 

नेफ्स्कूनका व्यवसाय अधिकृत विदुर खड्का, तालिम सहायक निश्चल खतिवडाले तालिमको व्यवस्थापन गर्नुभएको थियो  । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप