रुद्धाक्ष साकोसको स्थापना दिवसमा समाजसेवा: सरसफाइदेखि रक्तदानसम्म
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुद्धाक्ष साकोसको स्थापना दिवसमा समाजसेवा: सरसफाइदेखि रक्तदानसम्म

मोरङ । मोरङ, बिराटनगर महानगरपालिका १ कामक्ष मार्ग स्थित समुदायमा आधारित रुद्राक्ष बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापनाको १५औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 

बि.स २०६८ साल माघ २३ गते तत्कालिन डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भएको यस साकोसले १५औँ स्थापना दिबस, माघ २२ गते आफ्नो कार्यक्षेत्र भित्र ६ वटा माध्यमिक विद्यालय छनौट गरी अन्तर बिद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता संञ्चालन गरेको थियो । 

कार्यक्रमको दोस्रो दिन बिराटनगर महानगरपालिका वडा नं १ र साकोसको संयुक्त पहलमा कामक्ष मार्ग सरसफाई गरी साँझ संस्थाको भवनमा दीप प्रज्वलन गरिएको थियो । त्रिदिबसीय कार्यक्रमको अन्तिम दिन माघ २४ गते नेपाल रेडक्रस सोसाइटी बिराटनगर को प्राबिधिक सहयोगमा ४७ पिन्ट रगत संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

स्थापना दिवसको यो त्रिदिबसीय कार्यक्रम संस्थाका अध्यक्ष मुरारी प्रसाद गजुरेलको अध्यक्षता तथा बिराटनगर १, का वडा अध्यक्ष काजी बहादुर बस्नेत को प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । 

महानगरको ६ वटा वडामा कार्यक्षेत्र रहेको संस्थामा ४०० भन्दा बढी शेयर सदस्य, करिब ५ करोड बचत र ५ करोड भन्दा ऋण लगानी रहेको साथै संस्थाले जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम, अन्तर सहकारी अध्ययन अवलोकन भ्रमण, सदस्य शिक्षा कार्यक्रम, बिभिन्न बिधामा सदस्य सम्मान कार्यक्रम, उत्कृष्ट बिद्यार्थी सम्मान कार्यक्रम तथा समुदायमा बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाका ब्यबस्थापक तेज प्रसाद आचार्यले जानकारी दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप