भारतको पुणेमा सहकारी अध्ययन भ्रमण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 भारतको पुणेमा सहकारी अध्ययन भ्रमण सम्पन्न

भारत । भारतको महाराष्ट्र राज्य अन्तर्गत पुणे र बारामती क्षेत्रमा सहकारी प्रणाली, कृषि नवप्रवर्तन र सहकारी वित्तीय संरचनाको व्यवहारिक अध्ययनका लागि आयोजना भएको ६ दिने अन्तराष्ट्रिय अध्ययन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । 

फेब्रुअरी २ देखि ७ सम्म सञ्चालन भएको कार्यक्रम नेपालको सहकारी अभियानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको थियो ।

अध्ययन भ्रमणमा नेपालको तर्फबाट सहकारी तथा आर्थिक क्षेत्रमा कलम चलाउने चार जना पत्रकार तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट एकजना गरी पाँच जना प्रतिनिधि सहभागी थिए । सहकारी अभ्यास, सुशासन, वित्तीय अनुशासन, उत्पादन–बजार प्रणाली र सहकारीको सामाजिक प्रभावबारे प्रत्यक्ष अवलोकन, अन्तरक्रिया र अनुभव आदान–प्रदान कार्यक्रमको मुख्य उद्देश्य रहेको सहभागीहरूले बताएका छन् ।

उक्त अध्ययन भ्रमण कार्यक्रमको आयोजना भारत सरकारको भेम्निकोम र  सिक्टेबले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमअन्तर्गत सहभागी टोलीले पुणे–बारामती क्षेत्रका विभिन्न सहकारी संस्था, कृषि विज्ञान तथा विस्तार केन्द्र, सहकारी बैंकिङ प्रणाली, सहकारी उपभोक्ता सेवा र कृषि व्यवस्थापनसँग सम्बन्धित संरचनाहरूको अवलोकन गरेको थियो ।

भ्रमणका क्रममा सहभागीहरूले सहकारीको “एकल संस्था” भन्दा “समग्र प्रणाली” निर्माण गर्ने अभ्यास, सदस्य केन्द्रित सेवा प्रवाह, मूल्य श्रृंखलामा आधारित व्यवसाय, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन, तथा सहकारीमा व्यावसायिक व्यवस्थापन र डिजिटल प्रणालीको उपयोगबारे महत्वपूर्ण सिकाइ हासिल गरेको जनाइएको छ । सहकारीले केवल बचत–ऋण कारोबारमा सीमित नरही उत्पादन, प्रशोधन, बजार, उपभोक्ता सेवा, कृषि ज्ञान–प्रविधि र वित्तीय संरचनालाई जोडेर काम गर्दा सहकारीको प्रभाव धेरै गुणा बढ्ने देखिएको अध्ययन भ्रमणले देखाएको छ । विशेषगरी किसान सदस्यको आम्दानी वृद्धि, कृषि उत्पादनको स्थायित्व, उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय सेवा, तथा सहकारीको दिगोपनामा यस्तो प्रणालीगत अभ्यास प्रभावकारी हुने सहभागीहरूको निष्कर्ष रहेको छ । 

भ्रमणमा सहभागीहरुले सहकारी अभियानसँग सम्बन्धित सकारात्मक अभ्यास, चुनौती र सिकाइलाई नेपालमा सञ्चार माध्यमहरु मार्फत व्यापक रूपमा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम समापनपछि गोरखापत्रको आर्थिक व्युरोमा कार्यरत पत्रकार भेषराज बेलबासेले नेपालमा सहकारी अभियानलाई विश्वसनीय, पारदर्शी र परिणाममुखी बनाउन अध्ययन भ्रमणबाट सिकिएका अभ्यासहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । अध्ययन भ्रमणले नेपाल–भारतबीच सहकारी क्षेत्रमा ज्ञान, अनुभव र प्रविधि आदान–प्रदानलाई संस्थागत बनाउँदै लैजान थप सहयोग पुग्ने अपेक्षा छ । 

सहकारीहरुलाइ प्रबर्धन र विकास गर्न स्थापित भारत सरकारको भेम्नीकोम र सिक्टेबले नेफ्स्कूनबाट वर्षेनि सहभागी हुने ३०० जनासम्मलाइ निशुल्क तालिम प्रशिक्षण उपलब्ध गराउँदै आइरहेको छ । भ्रमणमा नेपालसहित पाँच देशका सहकारी संघसंस्थामा कार्यरत कर्मचारी तथा नेतृत्व लगायत सरकारका प्रतिनिधिहरुको समेत सहभागीता रहेको नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले जानकारी दिनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप