अग्रभागका कर्मचारीहरूको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अग्रभागका कर्मचारीहरूको क्षमता विकास तालिम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) खैरेनिटार सेवा केन्द्रको आयोजनामा अग्रभागका कर्मचारीहरूको क्षमता विकास तालिम माघ २६ गते सम्पन्न भएको छ ।

माघ २५ र २६ दुई दिवसीय तालिमको उद्देश्य सहकारी तथा वित्तीय संस्थामा कार्यरत अग्रभागका कर्मचारीहरूको पेशागत क्षमता विकास गर्नु रहेको छ  । अग्रभागका कर्मचारीहरू संस्थाको पहिलो सम्पर्क बिन्दु हुने भएकाले सदस्यसँग हुने व्यवहार, संवाद शैली र सेवा प्रवाहले संस्थाप्रति सदस्यको धारणा निर्माण गर्दछ ।

दमौली, ब्यास नगरपालिकामा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सहकारी तथा वित्तीय संस्थामा कार्यरत २६ जना अग्रभागका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिममा अग्रभागका कर्मचारीहरूको भूमिका, सदस्यसँगको व्यवहार, प्रभावकारी सञ्चार सीप, सेवा प्रवाहमा शिष्टता र संस्थागत विश्वास अभिवृद्धि गर्ने विषयहरूमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूले तालिमबाट आफ्नो पेशागत क्षमता वृद्धि भएको तथा दैनिक कार्यमा उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमको व्यवस्थापन दिपक आचार्य र गौरव पौड्यालद्वारा गरिएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले तालिमको सहजीकरण गर्नुभएको यस तालिमले सहकारी तथा वित्तीय संस्थामा सेवा प्रवाहको गुणस्तर सुधार गर्नुका साथै सदस्य सन्तुष्टि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप