हिमनदी साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमनदी साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न

ललितपुर । ललितपुरस्थित प्रोवेसन कार्यक्रममा आवद्ध रहँदै आएको हिमनदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) को स्क्यान कार्यक्रममा सम्झौता माघ २५ गते सम्पन्न भएको छ । 

सहकारी संस्थाहरूमा सुशासन प्रवद्र्धन, जोखिम व्यवस्थापन सुदृढीकरण तथा संस्थागत क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको स्क्यान कार्यक्रमअन्तर्गत यो सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा हिमनदी साकोसका अध्यक्ष  सागरमान ब्यञ्जनकार, संस्थाका व्यवस्थापक रबिना महर्जन, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का कार्यक्रम अधिकृत शौभाग्य भट्टराई तथा कार्यक्रमका सहजकर्ता शिशिर अधिकारीको उपस्थिति रहेको थियो । स्क्यान कार्यक्रमको उद्देश्य, कार्यविधि, अपेक्षित नतिजा तथा संस्थाले प्राप्त गर्ने लाभबारे विस्तृत रूपमा छलफल गरिएको थियो ।

स्क्यान कार्यक्रम मार्फत हिमनदी साकोसको वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता, आन्तरिक नियन्त्रण प्रणाली, कर्जा तथा बचत व्यवस्थापन, जोखिम न्यूनीकरण र सुशासन सम्बन्धी पक्षहरूको नियमित मूल्याङ्कन गरिनेछ । यसले संस्थालाई आफ्नो वर्तमान अवस्थाको वस्तुगत विश्लेषण गर्न सहयोग पुग्ने र सुधारका क्षेत्र पहिचान गरी संस्थालाई दिगो र सबल बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले स्क्यान कार्यक्रम सहकारी संस्थाहरूलाई आत्म मूल्याङ्कन तथा निरन्तर सुधारको अभ्यासतर्फ उन्मुख गराउने प्रभावकारी औजार भएको उल्लेख गर्दै, यस कार्यक्रमले सदस्यको विश्वास अभिवृद्धि गर्नुका साथै नियामक मापदण्ड पालना गर्न समेत सहयोग पुग्ने बताए । त्यस्तै, संस्थाका अध्यक्ष श्री सागरमान ब्यञ्जनकारले स्क्यान कार्यक्रममा आवद्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै, कार्यक्रमबाट प्राप्त सुझाव तथा मार्गदर्शनलाई संस्थागत सुधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सम्झौता पश्चात हिमनदी साकोसले स्क्यान कार्यक्रमअन्तर्गत तोकिएका मापदण्ड र प्रक्रियाहरू पालना गर्दै नेफ्स्कूनसँग समन्वयमा कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ । यस सहकार्यले संस्थाको समग्र कार्यसम्पादन सुधार हुनुका साथै दिगो, पारदर्शी र उत्तरदायी सहकारीको रूपमा अघि बढ्न थप टेवा पुग्ने विश्वास लिइएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप