खेल मार्फत सिक्दै सिकाउँदै टल्कु साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 खेल मार्फत सिक्दै सिकाउँदै टल्कु साकोस

काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना जर्मन स्पार्कसेन्स्टिफ्टुङ्गको सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा दुई दिवसीय बचत खेल तालिम दक्षिणकाली नगरपालिका ९, दाउरेचौर काठमाडौंमा माघ २९ गते सम्पन्न भएको छ । 

मााघ २८ र २९ गते सञ्चालन भएको तालिममा संस्थाका अध्यक्ष पूर्ण बहादुर बलामीको अध्यक्षतामा सञ्चालन भएको थियो । तालिमको सञ्चालन कर्मचारी अनिता तामाङले गर्नुभएको थियो । सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र सुमन राज घिमिरेले गर्नुभएको थियो । 

संस्थाका सदस्यहरूलाई वित्तीय साक्षरताको स्पष्ट र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा पावरप्वाइन्ट प्रस्तुतीकरण, समूह कार्य, छलफल, प्रश्न–उत्तर तथा खेलमा आधारित अभ्यास मार्फत सहभागीहरूले विषयगत तथा व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

साना साना कुराहरूलाई मध्यनजर गरी आयव्ययको हिसाब किताब राखी बचत गर्न सकेमा भविष्यमा आईपर्ने विपद्हरूमा आर्थिक समस्या नहुने कुरा सहभागीहरूलाई प्रतिनिधित्व गर्दै सपना तिमल्सिनाले बताउनु भयो । तालिमले सहभागीहरूलाई व्यक्तिगत आर्थिक दिगोपन, पारदर्शिता, उत्तरदायित्व तथा उत्तरदायी सेवा प्रवाहमा थप सशक्त बनाउने विश्वास लिइएको छ ।

३० जना शेयर सदस्यको सहभागीता रहेको बचत खेल तालिम एक नविन अभ्यासात्मक पद्धति हो, जसअन्तर्गत सहभागीहरुले खेल माध्यमबाट वित्तीय निर्णय, जोखिम मूल्याङ्कन, बजेट निर्माण, बचत रणनीति, ऋण व्यवस्थापन लगायतका विषयहरुमा ज्ञान हासिल गर्न सक्नेछन् । प्रशिक्षकहरुका अनुसार यस्तो प्रकारको तालिमले कर्मचारीहरुको सेवा क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप