श्री देवी महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री देवी महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

ललितपुर । दक्षिण ललितपुरको देवीचौर स्थित गोदावरी नगरपालिका ७, मा रहेको श्री देवी महिला बचत तथा ऋण सहकारी संस्था लि. र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बीच SCAN -Supervisory Checks and Analysis for Navigation_ कार्यक्रम सञ्चालनका लागि सम्झौता माघ २९ गते भएको छ ।

सहकारी संस्थाहरूमा सुशासन प्रवद्र्धन, जोखिम व्यवस्थापन सुदृढीकरण, वित्तीय अनुशासन अभिवृद्धि तथा संस्थागत क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको स्क्यान कार्यक्रम अन्तर्गत सम्झौता गरिएको हो । कार्यक्रमले सहकारी संस्थालाई आत्ममूल्याङ्कन, संरचित विश्लेषण तथा सुधारात्मक कार्ययोजना मार्फत सही दिशातर्फ उन्मुख गराउने लक्ष्य राखेको छ ।

सम्झौताका क्रममा श्री देवी महिला साकोसका अध्यक्ष सुबद्रा चापागाँई, व्यवस्थापक सचिता चापागाँई, नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराई तथा कार्यक्रमका सहजकर्ता शिशिर अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्क्यानको अवधारणा, कार्यप्रणाली, मूल्याङ्कनका आधार तथा अपेक्षित उपलब्धिहरूका विषयमा विस्तृत छलफल गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले स्क्यान कार्यक्रम सहकारी संस्थाहरूलाई तथ्यमा आधारित व्यवस्थापन अभ्यासतर्फ उन्मुख गराउने प्रभावकारी औजार भएको र यस कार्यक्रम मार्फत संस्थाको Supervisory Checks अर्थात् आन्तरिक नियन्त्रण, नीति–प्रक्रिया पालना र सुशासन अभ्यासहरूको समीक्षा गरिन्छ भने Analysis मार्फत वित्तीय सूचक, कर्जा गुणस्तर, तरलता अवस्था तथा जोखिम पक्षहरूको गहन विश्लेषण गरिन्छ। यसले संस्थालाई स्पष्ट दिशा -Navigation_ प्रदान गर्दै सुधारात्मक कार्ययोजना निर्माणमा सहयोग पु¥याउँछ । अन्ततः यसले सदस्यको विश्वास अभिवृद्धि गर्नुका साथै संस्थालाई दिगो र सुरक्षित सञ्चालनतर्फ अग्रसर गराउँछ ।”

संस्थाका अध्यक्ष सुबद्रा चापागाँईले स्क्यान कार्यक्रममा आवद्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै यसलाई संस्थाको सुदृढीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा लिनुभएको र “हामी महिला नेतृत्वमा सञ्चालन भइरहेको संस्था हो । संस्थालाई अझ पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने हाम्रो लक्ष्य छ । स्क्यान कार्यक्रमबाट प्राप्त मार्गदर्शन र सुझावहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै संस्थालाई अझ सबल र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्ने बताउनु भयो ।”
संस्थाकी व्यवस्थापक सचिता चापागाँईले कार्यक्रमले व्यवस्थापकीय प्रणालीलाई अझ व्यवस्थित, तथ्यपरक र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्क्यान कार्यक्रम अन्तर्गत संस्थाको वित्तीय अवस्था, व्यवस्थापकीय क्षमता, आन्तरिक नियन्त्रण प्रणाली, कर्जा तथा बचत व्यवस्थापन, जोखिम न्यूनीकरण अभ्यास तथा सुशासनका पक्षहरूको नियमित तथा संरचित मूल्याङ्कन गरिनेछ । यस प्रक्रियाले संस्थालाई आफ्नो वर्तमान अवस्थाको वस्तुगत विश्लेषण गर्न, सुधारका क्षेत्र पहिचान गर्न तथा चरणबद्ध कार्ययोजना तयार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

सम्झौता पश्चात श्री देवी महिला साकोसले स्क्यान कार्यक्रम अन्तर्गत तोकिएका मापदण्ड र प्रक्रियाहरू पालना गर्दै नेफ्स्कूनसँग समन्वयमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । दुवै पक्षले सहकारी क्षेत्रको सुदृढीकरण, सदस्य हित संरक्षण तथा दिगो सहकारी विकासका लागि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप