गृहिणी सेवा साकोसको स्क्यान अन्तर्गत  सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गृहिणी सेवा साकोसको स्क्यान अन्तर्गत  सुपरिवेक्षण सम्पन्न 

काठमाडौ । चन्द्रागिरी नगरपालिका १३, पुरानो नैकाप स्थित गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को स्क्यान कार्यक्रम अन्तर्गत पहिलो निरिक्षण स्थलगत सुपरिवेक्षण माघ २९ गते सम्पन्न भएको छ । 

संस्थाको वित्तीय स्वस्थताको परीक्षण, नीति निर्माण र कार्यान्वयनको अवस्था, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको सुपरिवेक्षण  सम्पन्न गरिएको हो । संस्थाको व्यवस्थापक पुनम बरालले नेफ्स्कुनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, आन्तरिक सुदृढीकरण र व्यवसायिकता विकास गर्ने उद्देश्यले कार्यक्रममा आवद्ध भएको बताउनुभयो ।

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका अध्यक्ष शोभा भट्टले यस कार्यक्रमबाट संस्थाको सुशासन कायम गर्न सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुग्ने तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट हालसम्म संस्था सुधारमा नियमित मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने बताउनु भयो । स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनाली र अनुगमन सहजकर्ता शम्भू घिमिरेले गर्नु भएको थियो  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप