सुरक्षित ऋण लगानी तथा असुली प्रक्रिया” सम्बन्धी तालिम रुपन्देहीमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित ऋण लगानी तथा असुली प्रक्रिया” सम्बन्धी तालिम रुपन्देहीमा सम्पन्न

रुपन्देही । नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा “सुरक्षित ऋण लगानी तथा असुली प्रक्रिया” सम्बन्धी तालिम रुपन्देही बुटवलमा फागुन १२ गते सम्पन्न भएको छ । 

विभिन्न सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै ४५ जनाको सहभागितामा सम्पन्न तालिममा सुरक्षित ऋण प्रवाह गर्ने विधि, जोखिम मूल्यांकन, धितो व्यवस्थापन, कर्जा अनुगमन, असुली रणनीति तथा कानुनी प्रक्रिया सम्बन्धी विषयमा प्रशिक्षण गरिएको थियो ।

नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीले व्यवहारिक उदाहरणसहित सहकारी संस्थाहरूमा देखिने कर्जा सम्बन्धी समस्याहरू र समाधानका प्रभावकारी उपायहरूबारे स्पष्ट पार्दै सुरक्षित ऋण लगानीका लागि आवश्यक नीति, प्रक्रिया र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुनुपर्नेमा विशेष जोड दिनुभएको थियो । 

सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी, व्यवहारिक तथा उपयोगी भएको प्रतिक्रिया दिएका थिए । यस प्रकारका तालिमहरूले सहकारी संस्थाहरूको कर्जा व्यवस्थापन प्रणालीलाई अझ सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमको व्यवस्थापन कार्यक्रम अधिकृत प्रविन अधिकारी र रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप