स्क्यान कार्यक्रम अन्तर्गत सुनौलो साकोसको सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत सुनौलो साकोसको सुपरिवेक्षण सम्पन्न 

पर्सा । नेफ्स्कूनद्धारा सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. बिरगंज  महानगरपालिका ८,घण्टाघरको स्क्यान कार्यक्रम अन्तर्गत  पहिलो स्थलगत सुपरिवेक्षण फागुन १२ गते सम्पन्न भएको छ । 

संस्थाको वित्तीय स्वस्थताको परीक्षण, नीति निर्माण र कार्यान्वयनको अवस्था, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको सुपरिवेक्षण गरिएको थियो । 

संस्थाका अध्यक्ष सुरेश प्रसाद कोइरीले नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनिकरण गर्न, आन्तरिक सुदृढीकरण र व्यवसायिकता विकास गर्ने उद्देश्यले कार्यक्रममा आवद्ध भएको बताउनुभयो । सुपरिवेक्षणबाट हालम्म संस्था सुधारमा नियमित मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने बताउनु भयो ।

स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत महेश बराल  र अनुगमन सहजकर्ता रामानन्द प्रसाद यादवले गर्नु भएको थियोे ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप