ऋण लगानी तथा असुली कार्यविधि निर्माण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण लगानी तथा असुली कार्यविधि निर्माण तालिम सम्पन्न

मकवानपुर । नेफ्स्कूनको मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा “ऋण असुली तथा धितो लिलाम कार्यविधि निर्माण तालिम” हेटौंडा–२, मकवानपुरमा फागुन १६ गते सम्पन्न भएको छ । 

फागुन १५ र १६ दुई दिनसम्म सञ्चालन भएको तालिममा ३४ जनाको सहभागिता रहेको थियो । सहकारी संस्थामा सुरक्षित, पारदर्शी तथा उत्तरदायी ढंगले ऋण प्रवाह र प्रभावकारी असुली प्रणाली विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा ऋण नीति निर्माणको ढाँचा, कानुनी आधार, जोखिम व्यवस्थापन, ५ सी विश्लेषण, धितो मूल्याङ्कन, स्वीकृति अधिकारक्षेत्र, निकासा प्रक्रिया, अनुगमन तथा भाखा नाघेको ऋण व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो । विशेष गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण बाट जारी मापदण्ड बमोजिम ऋण नीतिमा आवश्यक नियामकीय संशोधनहरु समेटिएको छ ।

तालिममा नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले धितो लिलामी प्रक्रिया, पञ्चकृत मूल्य कायम गर्ने विधि, डाँक बढाबढ तथा शिलबन्दी बोलपत्र मार्फत लिलामी गर्ने व्यवस्था, लिलाम पश्चात गैह्रबैङ्किङ सम्पत्तिको दाखिला खारेज प्रक्रिया लगायत विषयमा गहन अभ्यासात्मक छलफल मार्फत स्पष्ट पार्नुभयो । साथै कर्जा असुलीमा चरणबद्ध ताकेता, सूचना प्रकाशन, धितो रोक्का तथा कानुनी कारबाहीका पक्षहरु स्पष्ट पारिएको छ ।

त्यसैगरी सहकारी कर्जा असुली न्यायाधिकरण मार्फत असुली प्रक्रिया अघि बढाउँदा अपनाउनुपर्ने कानुनी प्रावधान, उजुरी दर्ता, प्रमाण संकलन तथा निर्णय कार्यान्वयनका विषयहरु पनि समेटिएका छन्। कर्जा सूचनामा आबद्धता, कालोसूचीमा राख्ने व्यवस्था, ऋणीको वित्तीय अनुशासन तथा अभिलेख व्यवस्थापन सम्बन्धी विषयमा समेत सहभागीहरुले गहन छलफल गरेका थिए ।

कार्यशालाले सहकारी संस्थाहरुमा सुशासन, पारदर्शिता, जोखिम न्यूनिकरण र वित्तीय स्थायित्व सुदृढ गर्न महत्वपूर्ण आधार तयार गरेको सहभागीहरुले बताएका छन् । तालिमको व्यवस्थापन नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयका इन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप