नेचुरल साकोसद्वारा कर्मचारीहरुका लागि बचत खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 नेचुरल साकोसद्वारा कर्मचारीहरुका लागि बचत खेल तालिम सञ्चालन

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लि., काठमाडौंको आयोजना, जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा दुई दिवसीय बचत खेल (Savings Game) तालिम शनिबार सम्पन्न भएको छ । 

फागुन १५ र १६ गते सञ्चालित तालिममा का.म.न.पा. ७, बौद्ध, टुसालस्थित केन्द्रीय कार्यालय लगायत विभिन्न सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहको थियो । बचत खेल तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सीप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सीप हस्तान्तरण गर्न सक्ने बनाउनु हो । 

बचत खेल तालिम एक नविन अभ्यासात्मक पद्धति हो, जसअन्तर्गत सहभागीहरुले खेल माध्यमबाट वित्तीय निर्णय, जोखिम मूल्याङ्कन, बजेट निर्माण, बचत रणनीति, ऋण व्यवस्थापन लगायतका विषयहरुमा ज्ञान हासिल गर्न सक्नेछन् । प्रशिक्षकहरुका अनुसार यस्तो प्रकारको तालिमले कर्मचारीहरुको सेवा क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन सत्रमा नेचुरल साकोसका सचिव विकल्प पाठकले सहकारीका कर्मचारीहरूलाई वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम संस्थाको दीर्घकालीन रणनीतिसँग जोडिएको र सदस्यहरुमाझ बचतका सीप सिकाउन समेत उपयोगी हुने धारणा राख्नुभएको थियो । उहाँले यस्ता तालिमहरुले सहकारी संस्था र सेवाग्राही दुवैको हितमा सकारात्मक परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय रिता सुवेदी र राधा पौडेलले गर्नुभएको थियो । तालिमको अन्तमा कर्मचारीहरुमा नेफ्स्कूनद्वारा सञ्चालित व्यवसाय विकास सेवा कार्यक्रम बारे अभिमुखीकरण समेत गरिएको थियो ।   कार्यक्रम सञ्चालन सहजीकरण साकोसका प्रबन्धक घनश्याम नेपाल र प्रशासन प्रमुख सिर्जना पण्डितले  गर्नुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप