भक्तपुर स्थित चमेली कल्याणकारी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित चमेली कल्याणकारी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर  । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा फागुन २५ गते आबद्ध भएको छ । नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) बदलिँदो नियामकीय व्यवस्थामा अवधारणा भएको हो । 

संघले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कर्ब्स) सञ्चालनमा ल्याई रहेकोमा हाल संघको ३८औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनि गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रमले साकोसहरुको  वित्तीय सुशासन, सम्पत्ति शुद्धिकरण कार्यान्वयन अधिकारीले सम्बन्धित निकायमा तोकिए बमोजिम रिर्पोटिगं गर्ने कार्य, भाखा नाघेको ऋण असुलिमा प्रभावकारिता, जोखिम व्यवस्थापन, सक्षमता बिकास गर्न गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा साकोस संचालन सुनिश्चित गर्न, सहकारी मैत्रि ब्यवस्थापन सुनिश्चित गर्न, क्युरिमा ३६० अनुरुप क्षेत्रगत जोखिम न्युनिकरण गर्न र सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र  सहजकर्ता  राजीब आचार्य, दोस्रो पक्ष बाट साकोसका  अध्यक्ष प्रमोद घिमिरे  र  व्यवस्थापक सुदर्शन चौलागाईको उपस्थिति रहेको थियो । प्रथम पक्षको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता भएको हो । साकोसका अध्यक्ष प्रमोद घिमिरेले  स्क्यान कार्यक्रममा नियमित निरीक्षणमा रहि सुचकहरुको पालना गरि साकोसलाई थप उचाईमा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयको छ ।       

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप