बर्दिया स्थित श्री उत्कृष्ट महिला साकोस स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिया स्थित श्री उत्कृष्ट महिला साकोस स्क्यान कार्यक्रममा आबद्ध 

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्य सहित नियमित रूपमा सञ्चालन गर्दै आएको नियमित निरक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा बर्दिया स्थित श्री उत्कृष्ट महिला साकोस चैत्र ३ गते आबद्ध भएको छ। साथै सोही कार्यक्रम अन्तर्गत नियमित स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

सुपरीवेक्षणका क्रममा सहकारी संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधिको कार्यान्वयन अवस्था, पुँजी संरचना, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक नियन्त्रण व्यवस्था, लेखा तथा अभिलेख प्रणाली, व्यवस्थापन सूचना प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिको कार्यान्वयन अवस्थालगायतका विषयहरू विस्तृत रूपमा मूल्यांकन गरिएको थियो। साथै भाखा नाघेका ऋणको असुली प्रक्रिया, सेवा प्रवाहको प्रभावकारिता, लगानी अभ्यास, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियामा अवलम्बन गरिएका अभ्यासहरूको समेत समग्र समीक्षा गरिएको थियो। स्क्यान सूचकहरूमा आधारित विश्लेषणमार्फत सहकारी संस्थाको समग्र अवस्था पहिचान गर्दै वित्तीय जोखिम न्यूनीकरण तथा संस्थागत सुधारका लागि आवश्यक व्यवहारिक सुझावहरू प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष धनलक्ष्मी खत्री,उपाध्यक्ष नोसमा थारु,कोषाध्यक्ष आशा खड्का लगायत पदाधिकारी,सदस्य तथा उच्च व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र अनुगमन सहजकर्ता प्रकाश लुहारले सुपरीवेक्षण कार्य सम्पन्न गर्नुभएको थियो। सुपरीवेक्षणका क्रममा प्राप्त सुझाव तथा निर्देशनहरूलाई संस्थागत सुधारका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता साकोसले गरेको छ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप