नेफ्स्कूनद्वारा ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
CULCC Training
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम (सीयुएलसीसी) काठमाडौंमा चैत्र ०९ गते सम्पन्न भएको छ । 

सहकारी क्षेत्रमा कार्यरत ऋण अधिकृतहरुको पेशागत दक्षता, व्यवहारिक ज्ञान तथा कार्यसम्पादन क्षमतामा सुधार ल्याउने लक्ष्यसहित चैत्र ०७ गते देखि ०९ गते सम्म सञ्चालन भएको तीन दिवसीय आवासिय तालिममा २८ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । (सीयुएलसीसी)  तालिम संघले संञ्चालन गर्ने उच्च स्तरको तालिम हो ।

सहकारी संस्थाहरुले लगानी गरेको ऋण फिर्ता नआउने वा समयमै असुली हुन नसक्ने अवस्था पछिल्लो समय बढ्दै गएको छ । विस्तारित हुँदै गएको शिथिल अर्थतन्त्रका कारण सहकारी संस्थाहरुमा खराब कर्जा बढेको हो । यसै अवस्थालाई मध्यनजर गर्दै ऋण असुली सम्बन्धी यस्ता तालिमहरु आयोजना भैरहेका छन । 

तालिम अवधिभर विभिन्न विषयवस्तुहरूमा केन्द्रित रही सहभागीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । आन्तरिक सहजकर्ताका रूपमा प्रेमनाथ वाग्ले, बल्लभ तिमल्सिना तथा रवीन्द्र श्रेष्ठले ऋण व्यवस्थापन, जोखिम विश्लेषण, सदस्य मूल्याङ्कन, तथा प्रभावकारी ऋण प्रवाहका विविध पक्षमा सहजीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण अनुभवमा आधारित र व्यवहारिक भएकाले सहभागीहरुले प्रत्यक्ष रूपमा सिकाइ हासिल गर्न सकेका थिए ।

अधिवक्ता शिव अधिकारीले ऋण सम्बन्धी कानुनी प्रक्रिया, दस्तावेज व्यवस्थापन, तथा विवाद समाधानका उपायहरूबारे स्पष्ट र व्यवहारिक जानकारी दिनुभएको थियो। उहाँको सहजीकरणले सहभागीहरुलाई कानुनी जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया प्राप्त भएको थियो।  इन्जिनियर प्रज्ञान घिमिरेले ऋणको धितो मूल्याङ्कन सम्बन्धी विषयमा सहजीकरण गर्दै सम्पत्ति मूल्य निर्धारणका आधार, प्राविधिक पक्ष तथा जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो। उहाँको सत्रले सहभागीहरुलाई धितो मूल्याङ्कन प्रक्रियामा थप स्पष्टता र आत्मविश्वास प्रदान गरेको बताइएको छ।

तालिम समापन कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहभागीहरुलाई सम्बोधन गर्दै तालिमको महत्वमाथि प्रकाश पार्नुभयो। नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रमको समापन गर्दै बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण असुली शाखामा कार्यरत कर्मचारीहरुमा ऋण असुलीका कानूनी प्रक्रियाहरूबारे गहन जानकारी प्रदान गर्ने उद्देश्य सहित तालिमको आयोजना भएको ऋण असुली सम्बन्धी सम्पूर्ण प्रक्रियागत जानकारी प्राप्त नहुँदा असुली प्रक्रियामा त्रुटि हुने सम्भावना रहेकोले कर्मचारीहरुमा प्रचलित ऐन, कानुन र प्रक्रियाको बारेमा स्पष्ट ज्ञान हुनुपर्ने, कर्मचारीहरुमा ऋणसम्बन्धी कानूनी जानकारी प्रदान गर्न,  ऋण असुलीको प्रक्रिया र रणनीतिहरूबारे बुझ्न, ऋण लगानी र असुली सम्बन्धी व्यवहारिक ज्ञान सीप विकास गर्न र ऋण लगानी देखि असुली सम्मका सम्पूर्ण प्रक्रियागत चरणहरुबारे जानकारी प्रदान गर्न तालिम वहुउपयोगी रहेको र सहकारी संस्थाको वित्तीय सुदृढीकरणमा ऋण अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै दक्ष, जिम्मेवार र इमान्दार ऋण अधिकृतबाट मात्र संस्थाको दीगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीहरुलाई आग्रह गर्दै उज्ज्वल कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्नुभयको छ ।

साकोसमा ऋण लगानी संगसंगै जोखिम शुरु हुन्छ र त्यसको उचित व्यवस्थापन गर्नका लागि पर्याप्त नीतिगत आधारहरु तयार गर्नुपर्छ र व्यवस्थापन सँधै यस सम्बन्धमा चनाखो भैरहनु जरुरी छ ।  सहभागीहरुले तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा समयानुकूल भएको प्रतिक्रिया दिएका छन्। यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रमले सहकारी क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

८ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप