नेफ्स्कूनद्वारा ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
CULCC Training
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम (सीयुएलसीसी) काठमाडौंमा चैत्र ०९ गते सम्पन्न भएको छ । 

सहकारी क्षेत्रमा कार्यरत ऋण अधिकृतहरुको पेशागत दक्षता, व्यवहारिक ज्ञान तथा कार्यसम्पादन क्षमतामा सुधार ल्याउने लक्ष्यसहित चैत्र ०७ गते देखि ०९ गते सम्म सञ्चालन भएको तीन दिवसीय आवासिय तालिममा २८ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । (सीयुएलसीसी)  तालिम संघले संञ्चालन गर्ने उच्च स्तरको तालिम हो ।

सहकारी संस्थाहरुले लगानी गरेको ऋण फिर्ता नआउने वा समयमै असुली हुन नसक्ने अवस्था पछिल्लो समय बढ्दै गएको छ । विस्तारित हुँदै गएको शिथिल अर्थतन्त्रका कारण सहकारी संस्थाहरुमा खराब कर्जा बढेको हो । यसै अवस्थालाई मध्यनजर गर्दै ऋण असुली सम्बन्धी यस्ता तालिमहरु आयोजना भैरहेका छन । 

तालिम अवधिभर विभिन्न विषयवस्तुहरूमा केन्द्रित रही सहभागीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । आन्तरिक सहजकर्ताका रूपमा प्रेमनाथ वाग्ले, बल्लभ तिमल्सिना तथा रवीन्द्र श्रेष्ठले ऋण व्यवस्थापन, जोखिम विश्लेषण, सदस्य मूल्याङ्कन, तथा प्रभावकारी ऋण प्रवाहका विविध पक्षमा सहजीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण अनुभवमा आधारित र व्यवहारिक भएकाले सहभागीहरुले प्रत्यक्ष रूपमा सिकाइ हासिल गर्न सकेका थिए ।

अधिवक्ता शिव अधिकारीले ऋण सम्बन्धी कानुनी प्रक्रिया, दस्तावेज व्यवस्थापन, तथा विवाद समाधानका उपायहरूबारे स्पष्ट र व्यवहारिक जानकारी दिनुभएको थियो। उहाँको सहजीकरणले सहभागीहरुलाई कानुनी जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया प्राप्त भएको थियो।  इन्जिनियर प्रज्ञान घिमिरेले ऋणको धितो मूल्याङ्कन सम्बन्धी विषयमा सहजीकरण गर्दै सम्पत्ति मूल्य निर्धारणका आधार, प्राविधिक पक्ष तथा जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो। उहाँको सत्रले सहभागीहरुलाई धितो मूल्याङ्कन प्रक्रियामा थप स्पष्टता र आत्मविश्वास प्रदान गरेको बताइएको छ।

तालिम समापन कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहभागीहरुलाई सम्बोधन गर्दै तालिमको महत्वमाथि प्रकाश पार्नुभयो। नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रमको समापन गर्दै बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण असुली शाखामा कार्यरत कर्मचारीहरुमा ऋण असुलीका कानूनी प्रक्रियाहरूबारे गहन जानकारी प्रदान गर्ने उद्देश्य सहित तालिमको आयोजना भएको ऋण असुली सम्बन्धी सम्पूर्ण प्रक्रियागत जानकारी प्राप्त नहुँदा असुली प्रक्रियामा त्रुटि हुने सम्भावना रहेकोले कर्मचारीहरुमा प्रचलित ऐन, कानुन र प्रक्रियाको बारेमा स्पष्ट ज्ञान हुनुपर्ने, कर्मचारीहरुमा ऋणसम्बन्धी कानूनी जानकारी प्रदान गर्न,  ऋण असुलीको प्रक्रिया र रणनीतिहरूबारे बुझ्न, ऋण लगानी र असुली सम्बन्धी व्यवहारिक ज्ञान सीप विकास गर्न र ऋण लगानी देखि असुली सम्मका सम्पूर्ण प्रक्रियागत चरणहरुबारे जानकारी प्रदान गर्न तालिम वहुउपयोगी रहेको र सहकारी संस्थाको वित्तीय सुदृढीकरणमा ऋण अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै दक्ष, जिम्मेवार र इमान्दार ऋण अधिकृतबाट मात्र संस्थाको दीगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीहरुलाई आग्रह गर्दै उज्ज्वल कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्नुभयको छ ।

साकोसमा ऋण लगानी संगसंगै जोखिम शुरु हुन्छ र त्यसको उचित व्यवस्थापन गर्नका लागि पर्याप्त नीतिगत आधारहरु तयार गर्नुपर्छ र व्यवस्थापन सँधै यस सम्बन्धमा चनाखो भैरहनु जरुरी छ ।  सहभागीहरुले तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा समयानुकूल भएको प्रतिक्रिया दिएका छन्। यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रमले सहकारी क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप