चावाहिल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चावहिल सदस्य सेवा कार्यालयको आयोजनामा व्यवसाय प्रवर्द्धन अन्तरकृया कार्यक्रम चैत्र ०९ गते सम्पन्न भएको छ ।
सहकारीमा देखिएका समस्याले हाल संस्था सञ्चालनमा पर्न गएको वित्तीय समस्या निराकरणका लागि यस क्षेत्रभित्र सञ्चालित साकोसहरुको बित्तीय स्थीति तथा सुशासनमा एकरुपता ल्याई मजबुत बनाउनका लागि अन्तरक्रृया कार्यक्रम तय गरिएको थियो । सो कार्यक्रममा तरलता ब्यवस्थापनमा संघको भूमिका, सन्दर्भ ब्याजदर तथा कायम ब्याजदरले देखिएको संस्थाबिचको प्रतिस्पर्धा, ऋण लगानी पुर्व अपनाउनुपर्ने उपायहरु, लगानीका असल अभ्यासहरू, संस्थाका आन्तरिक कार्यविधिहरु, बचत तथा ऋण सेवाको वर्गीकरण र नियामक निकायको भूमिका विषयमा संस्थाको अभ्यास र अनुभव आदनप्रदान तथा संघको धारणाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा मेधावी साकोस, कार्लोश साकोस, बिमर्श साकोस, नवरस साकोस, गुडवील साकोस, तीर्थ साकोस, सिन्धु काठमाण्डौ साकोस, उज्यालो सम्पद साकोस, सर्वोत्थान साकोस, नेटिभ साकोस, शुभलक्ष्य साकोस, नवसृजनशील साकोस, अग्रसर साकोस र सर्वोच्च विकास साकोसबाट साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि १४ जनाको सहभागीता रहेको थियो । संघका कार्यक्रम अधिकृत दिपक अर्यालले स्क्यान कार्यक्रमको आवश्यकता र महत्वको विषयमा प्रष्ट पार्नुभएको थियो भने सञ्चालन र सहजीकरण चावहिल सदस्य सेवा कार्यलय प्रमुख खिलनाथ लुइटेलले गर्नुभएको थियो । कार्यक्रममा चावहिल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु तपन पोखरेल र नवीन नेपालको पनि सहभागिता रहेको थियो ।
११ घण्टा अगाडि
११ घण्टा अगाडि
२४ घण्टा अगाडि
३ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
११ घण्टा अगाडि
११ घण्टा अगाडि
४२ दिन अगाडि
३१ दिन अगाडि
३४ दिन अगाडि
६१ दिन अगाडि
५६ दिन अगाडि
४१ दिन अगाडि