लक्ष्मी महिला साकोसद्वारा ८७ जना महिला सदस्यको पाठेघर स्वास्थ्य परीक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लक्ष्मी महिला साकोसद्वारा ८७  जना महिला सदस्यको  पाठेघर स्वास्थ्य परीक्षण

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २८औं वार्षिक उत्सवको अवसरमा साकोसले महिला दिदिबहिनी हरुका लागि पाठेघर स्वास्थ्य शिविर कार्यक्रम चैत्र १० गते सम्पन्न गरेको छ । 

कार्यक्रमको संयोजकत्व स्वास्थ्य तथा वातावरण उप–समिति संयोजक सूर्यकमल श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले गर्नुभएको थियो। 

धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ चिकित्सक डा. रुची कार्कीको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीहरू इलीशा पोखरेल, उर्जा रेग्मी, क्रिस्टिना शाक्य, सुस्मा पण्डित, वर्षा तामाङ, उर्मिला कटुवाल, रामप्रसाद सत्याल र नवीन रानामगरको सहभागिता रहेको थियो ।

संस्थाका पदाधिकारीहरू—लेखा सुपरिवेक्षण समिति संयोजक सोविता थापा मगर, उपाध्यक्ष कविता कार्की, सचिव शकुन्तला श्रेष्ठ, सह–सचिव शर्मिला अधिकारी, कोषाध्यक्ष  कल्याणी चन्द ठकुरी, सदस्य अनिता कुइँकेल तथा स्वास्थ्य उप–समिति सदस्य गायत्री थापा मगर लगायत विभिन्न उप–समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य शिविर मार्फत जम्मा ८७ जना महिला सदस्यहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रम व्यवस्थापनमा संस्थाका अधिकृत यमुना प्रधान, सहायक  ललिता थापा तथा कर्मचारी सुमिना श्रेष्ठको महत्वपूर्ण योगदान रहेको थियो ।

कार्यक्रमको समापन संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी मार्फत गरिएको थियो । यस्ता स्वास्थ्य शिविरहरू हरेक वर्ष निरन्तर सञ्चालन गरिने तथा आगामी दिनहरूमा पनि प्राविधिक सहयोगको अपेक्षा राख्दै साकोसका अध्यक्ष हिमाली श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उप–समिति संयोजक सूर्यकमल श्रेष्ठले समयानुकूल स्वास्थ्य शिविरहरूले सदस्यहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याहरूको पूर्वपहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  यस्ता विविध स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप